यू–२३ छनोट फुटबलमा नेपाल र अफ्गानिस्तान भिडने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७१, बुधबार ११:३९

एएफ्सी अन्डर ट्वेन्टी थ्री छनोट फुटबलको दोस्रो खेलमा आज नेपालले अफ्गानिस्तानसँग खेल्दैछ । दुई वर्ष अघि काठमाडौंमा सम्पन्न सिनियर टोलीको साफ च्याम्पियनसिपमा नेपाललाई हराँउदै फाईनलमा पुगेको अफ्गानिस्तान पछिल्लो समय जुनसुकै उमेर समुहमा नेपालको मुख्य चुनौती बन्दै गएको छ । यस्तोमा २३ वर्ष मुनिका युवा टोलीलाई आजको खेल दबाबपुर्ण हुनेछ ।

nepalईरानको तेहरानमा जारी प्रतियोगिताको पहिलो खेलमा आयोजक ईरानसँग ५-० ले हारेको नेपाल यसैपनि दबाबमा छ । नेपालको समूहमा आयोजक ईरानसंगै अफगानिस्तान, साउदी अरेबिया र प्यालेस्टाइन रहेका छन् । एसियाली राष्ट्रहरुलाई १० समूहमा विभाजन गरी खेलाइएको छनोट चरणबाट समूहका विजेता र पाँच उत्कृष्ट उपविजेता गरी १५ टिमले अर्को वर्ष कतारमा हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१