नेपाल टुक्रयाउने कांग्रेस (आई र ‘रअ’ को एजेण्डा हो !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७१, बुधबार ०६:४६

261829_1836462427540_771920_nदीर्घराज प्रसाई। अहिले कांग्रेस र एमालेको अवस्था सर्पले छुचुन्द्रो टोकेको जस्तो अवस्था छ । सर्पले टोकेको छुचुन्द्रो निलेमा कुहिन्छ, ओकलेमा सर्पको आँखा बन्छ हुन्छ । (तुल्सीदास रामायण) कांग्रेस र एमालेका नेताहरुको अवस्था पनि सर्पले छुचुन्द्रो टोकोको जस्तो भएको छ । माओवादीको कुरा माऔं भने कुहिएर मरिने, नमानौं भने माओवादी छोडेर अन्धकारमा हिड्नु पर्ने । त्यसैले कांग्रेस, एमालेले माओवादीको विपरित बोल्नु नैतिक अधिकार छैन । माओवादीले जे जे भन्छन् त्यही गर्नु बाहेक अरु केही छैन । कांग्रेस र एमालेले गरेका राष्ट्रघातको फल आज यी नेताहरुले भोग्नैपर्छ । माओवादी त नेपालको अस्तित्व समाप्त गर्न चहान्छ भन्ने कुरा कांग्रेस र एमाले थाहा पाएकै थियो । ती सबै कुराको जानकारी हुँदाहुँदै धर्मनिरपेक्ष, गणतन्त्र र जातीय संघीयताका बूँदाहरु समर्थन गरेर भारतीय गुप्तचर संस्थाका भरियाको रुपमा प्रयोग भएका माओवादीको बाटोमा लाग्छन् भने आफूलाई देशभक्त, संसदवादी ठान्ने कांग्रेस र एमालेका जो जस्ले दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर गर्ने र त्यसको चाँजोपाँजो मिलाए उनीहरुलाई समातेर जेलमा राखी राष्ट्रद्रोहको कारवाही चलाउन थाल्नु पर्छ अनि मात्र अरुहरुलाई राज्यले समात्नु पर्छ । २०६३ मा राजा ज्ञानेन्द्रबाट सत्ता हस्तान्तरण गरिएको बेला गणतन्त्र, धर्मनिरपेक्षता र जातीय आधारको संघीय राज्यको कुरा उठेको नैं थिएन । कहाँबाट आए यी कुरा ? यी सबै जवरजस्त लाध्न निर्देशन दिने कांग्रेस (आई र ‘रअ’ नैं थियो । मदेशी आन्दोलन उठाउने पनि ‘रअ’ नैं हो र ‘एक मदेश एक प्रदेश’ भारतकै निर्देशनमा उठेको नेपाल टुक्रयाउने ‘रअ’ को एजेण्डा हो । भारतीय राजदूत पूर्व राजदूत श्याशरण, के.बी. राजन लगायत राकेश सुद, रञ्जित राय, गुप्तचर संस्थाका नीतिकार एस.डी.मुनी, अशोक मेहताहरु जस्ता नेपालका शत्रुहरुको इशारामा कांग्रेस, एमालेका नेताहरु हिड्नु कतिसम्मको लज्जास्पद कुरा थियो ? सबैको सहमतिमा बनेको २०४७ सालको संविधान थिदैथियो नी ! एकपल्ट पनि २०४७ सालको संविधानको संशोधनको कुरा नै नउठाई संविधानसभाबाट संविधान बनाउने भन्ने ? यो संविधानसभा धोका हो । यसबाट कुनै हालतमा संविधान बन्दैन । त्यसैले यो देश बचाउन अव राज्यका सबै शक्ति–स्रोत, प्रमुख राज्यका अङ्गहरु– अदालत, नेपाली सेना, प्रहरी, प्रशासकीय व्यवस्था, देशभक्तहरु पार्टीभित्र र बाहिर जो जहाँ छौं राजा ज्ञानेन्द्रसँग सहमति कायम गरेर २०४७ सालको संविधानलाई कार्यान्वयन् गर्ने दृढताका साथ देश डुब्नबाट बचाऔं ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१