न्यूजिल्यान्ड पहिलोपटक विश्वकप क्रिकेटको फाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७१, मंगलवार १६:१७

दक्षिण अफ्रिकालाई हराँउदै न्यूजिल्यान्ड पहिलोपटक एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । न्यूजिल्यान्डको अकल्यान्डमा मंगलबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले हराँउदै न्यूजिल्यान्डले इतिहास रचेको हो । जितका लागि अन्तिम दुई बलमा ५ रन चाहिएको अवस्थामा डेल स्टेनको बलमा जर्ज इलियटले छक्का प्रहार गर्दै घरेलु टोलीलाई विजयी गराएका हुन् । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४३ ओभरमा घटाइएको खेलमा ५ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । दक्षिण अफ्रिकाका लागि फाफ् दु प्लेसिसले सर्वाधिक ८२ रन जोडे । यसैगरी, एबी डे भिलायर्सले ६५, डेभिड मिलरले ४९ तथा राईले रुसोले ३९ रनको योगदान दिए । न्यूजिल्यान्डका कोरे एन्डरसनले तीन तथा ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

nnजवाफमा डकवर्थ लेविस नियमअनुसार ४३ ओभरमा २ सय ९८ रनको चुनौती पाएको न्यूजिल्यान्डले खेलमा १ बल बाँकी छँदा ६ विकेट गुमाएर विजय लक्ष्य हासिल गर्‍यो । न्यूजिल्यान्डका लागि जर्ज इलियटले अविजित रहँदै सर्वाधिक ८४ रन जोडे । यसैगरी, ब्रेन्डन म्याक्कुलमले २६ बलमा ५९ रनको विस्फोटक ब्याटिङ गरे भने कोरे एन्डर्सनले ५८ रन जोडे । दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले ३ विकेट लिए । जारी विश्वकपको सहआयोजक न्यूजिल्यान्ड यसअघि ६ पटक विश्वकप क्रिकेटको सेमिफाइनलमा पराजित भएको थियो भने दक्षिण अफ्रिका यसअघि तीनपटक सेमिफाइनलबाटै बाहिरिएको थियो । यो जिसँगै न्यूजिल्यान्डले अब उपाधि भिडन्तमा विहीबार हुने भारत र अष्ट्रेलियाबीचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१