राप्रपा नेपाल र राप्रपा एक हुदैं,नयाँ वर्षमा ‘नयाँ शक्ति’ निर्माण हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७१, मंगलवार १६:१०

काठमाडौं,१० चैत । एकता प्रक्रियामा रहेका राप्रपा नेपाल र राप्रपाले नयाँ पार्टीको नेतृत्व तथा सैद्धान्तिक-बैचारिक विषय टुंगो लगाउन २ वटा उपसमिति गठन गरेका छन् । नयाँ वर्षमा ‘नयाँ शक्ति’ निर्माण गर्ने नेताहरुले दाबी गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको दुई दलीय एकता वार्ता समितिको बैठकले सैद्धान्तिक-बैचारिक विषय टुंगो लगाउन दुबै पार्टीका ३-३ सदस्य रहने गरी ६ सदस्यीय उपसमिति गठन गरेको छ । द्धान्तिक समितिमा राप्रपा नेपालको तर्फबाट केशरबहादुर विष्ट, निरञ्जन थापा र राजाराम श्रेष्ठ रहेका छन् भने राप्रपाको तर्फबाट दिपक बोहरा , ठाकुर शर्मा र रामकृष्ण भट्टराई रहेका छन् ।

rapयस्तै प्राविधिक समितिमा राप्रपा नेपालको तर्फबाट धवलसमशेर राणा चन्द्रबहादुर गुरुङ, मोहन श्रेष्ठ र दिलनाथ गिरी रहेका छन् भने राप्रपाको तर्फबाट बुद्धिमान तामाङ, भुवन पाठक, हेमजंग गुरुङ र किरण गिरी सदस्य रहेका छन् । दुबै समितिले पार्टी एकताको लागि समग्र विषयमा टुंगो लगाउने र आगामी नयाँ वर्ष अर्थात बैशाख पहिलो साता नै एकता पार्टीको घोषणा गर्ने गरी दुबै पार्टी अघि बढेको नेताहरुले बताएका छन् । चरणको एकता वार्ता समितिको बैठक राप्रपाको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१