एसएलसीका केन्द्राध्यक्षद्धारा विष सेवन गरी आत्महत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७१, मंगलवार १२:४०

इलाम,१० चैत । एसएलसी परीक्षामा केन्द्राध्यक्ष रहेका शिक्षक तथा सञ्चारकर्मी विमल प्रधानले विष सेवन गरी आत्महत्या गरेका छन् । प्रधान पूर्णस्मारक उच्च माध्यमिक विद्यालय गोदकका प्रधानाध्याक तथा जारी एसएलसी परीक्षामा वीरेन्द्र माध्यमिक विद्यालय आइतबारेका केन्द्राध्यक्ष थिए । प्रधानलाई समाल्बुङस्थित मेची खोलामा अचेत अवस्थामा फेला पारिएको थियो ।

Bimal-Pradhanउपचारका लागि झापाको मनमोहन मेमोरियल अस्पतालमा पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वीरेन्द्र माविका केन्द्राध्यक्ष रहेका प्रधान सोमबारको एसएलसी परीक्षा सकेर सम्पूर्ण कागजपत्र मिलाएर पशुपतिनगर पुगेका थिए । उनले आफूसँगै रहेका साथी बिनोद अधिकारीलाई ब्लुबुक र मोटरसाइकलको चावी दिएर घर पुर्‍याउन आग्रह गरेका थिए । त्यसपछि बेपत्ता भएका प्रधानलाई मेची खोला किनारमा फेला पारिएको हो । प्रहरी र स्थानीयबासीको खोजीपछि उनी राति अचेत अवस्थामा फेला परेका थिए । मृतक प्रधानकी श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१