पोखरा पर्यटन परीषदलाई पूर्णता प्रदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७१, मंगलवार ११:३८

पोखरा, १० चैत । पोखरा पर्यटन परीषदले पूर्णता पाएको छ । गएको माघ १० गते सम्पन्न परीषदको १० औँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित सोम थापाको अध्यक्षतामा विहीबार बसेको कार्यसमितिको बैठकले परीषदलाई पूर्णता दिएको हो । बैठकले परीषदको उपाध्यक्षमा चिरञ्जीवी पोखरेल, महासचिवमा रामु गौतम, कोषाध्यक्षमा नारायणप्रसाद सापकोटालाई जिम्मेवारी दिएको हो ।परीषदको निवर्तमान अध्यक्ष सूर्य भुजेल रहुनु भएको छ भने सदस्यहरुमा रामजी घिमिरे र महेन्द्र्र श्रेष्ठ हुनुहुन्छ । परीषदमा ११ वटा सदस्य संस्थाहरु पदेन सदस्य रहने व्यवस्था छ । परीषदको बिहीबार नै सम्पन्न बैठकले तीन महिनाभित्र विधान संशोधनको मस्यौदा तयार गरी कार्य समितिमा पेश गर्न आग्रह गरेको छ । परीषदलाई अझ चुस्त, दुरुस्त बनाउन एवं पर्यटन व्यवसायीहरुको साझा र बलियो संस्था बनाउन विधान संशोधन गर्न लागिएको महासचिव रामु गौतमले जानकारी दिनुभयो । विधान संशोधन मस्यौदा समितिको संयोजकमा संस्थापक अध्यक्ष अशोक पालिखे रहनु भएको छ भने संस्थाका पूर्व अध्यक्ष टीकाराम सापकोटा र नेपाल पर्यटन वोर्डका पूर्व सदस्य बासु त्रिपाठी सदस्य रहनु भएको छ ।

phokपोखरा पर्यटन परीषद २०५२ सालमा स्थापित भएको हो । परीषदमा पश्चिमाञ्चल होटल संघ, नाट्टा, टान, पोखरा उद्योग वाणिज्य संघ,रेवान, ट्याक्सी व्यवसायी समिति, टेसा, एगा, नेपाल हवाई खेलकुद संस्था( ना), पोखरा बस व्यवसायी समिति र जिएलसी सदस्य रहेका छन् । परीषदका केही सदस्य प्रतिष्ठानहरुले केही समय अगाडि देखि विधान संशोधनको माग गर्दै आएका थिए ।

सरकारी र गैर सरकारी संस्थाहरुसँग हातेमालो गरी पोखराको पर्यटन उद्योगको विकास ,पर्यटकको पोखरा बसाई बढाउन, एकद्धार प्रणालीमार्फत क्यालेण्डर नै निर्माण गरी प्रवद्र्धनात्मक गतिविधी गर्न, सबै सदस्य प्रतिष्ठानबीच एकताको भावना विकास गर्न ,फेवासहितका तालहरुको संरक्षणमा आवाज मुखरित पार्न, नेपाल पर्यटन बोर्डमा पोखरेली व्यवसायीको सहभागिता सुनिश्चित गर्न, पर्यटनसँग सम्बन्धित व्यवसायीको दक्षता अभिवृद्धिको लागि तालीम र सेमिनारको व्यवस्था र पोखराको कोसेली निर्माणको लागि नया समितिले पहल गर्ने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

उहाँले स्थानीय स्वायत्त शासन ऐनबाट निर्देशित स्थानीय निकायका अव्यहारिक निर्णयका कारण पर्यटनसम्बद्ध व्यवसायीले भोग्नु परेको समस्या समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । अध्यक्ष थापाले समस्याको घरभित्रै समाधान खोज्न सक्षम भएको बताउँदै पोखराको पर्यटनको विकासको लागि प्रतिवद्ध हुन सबैसँग आग्रह समेत गर्नुभयो । परीषदका उपाध्यक्ष चिरञ्जीवी पोखरेलले परीषदलाई पर्यटन क्षेत्रको पश्चिमाञ्चलकै अग्रणी साझा संस्था बनाउन यो कार्यसमितिले सक्दो प्रयत्न गर्ने बताउनुभयो । यसैगरी कोषाध्यक्ष नारायणप्रसाद सापकोटाले परीषदलाई आर्थिक रुपले बलियो बनाउन नया योजनाका साथ कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१