स्मार्टफोनले ल्याउदैं दुईगुणा बढी चल्ने ब्याट्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७१, मंगलवार १०:५१

एजेन्सी । ब्रिटिश कम्पनी डायसनले स्मार्टफोनको लागि यस्तो ब्याट्री बनाउने घोषणा गरेको छ जुन ब्याट्री अहिले बजारमा पाइने ब्याट्रीभन्दा दुईगुणा बढी चल्छ । डायसन भ्याकुम क्लिनर बनाउने प्रसिद्ध कम्पनी हो । तर अब उक्त कम्पनीले ब्याट्री बनाउनका लागि एक नयाँ परियोजनाका लागि लगभग पौने दुई करोड डलर लगानी गर्ने तयारी गरिरहेको छ । यस परियोजनाको नेतृत्व ब्याट्री बनाउने कम्पनी सैकिट–४ ले लिएको छ ।

betteryनयाँ लिथियम–आयन ब्याट्रीे सोलिड स्टेट प्रविधिको विकसित रुप हुनेछ । यसको अहिले प्रयोग भइरहेका ब्याट्रीले भन्दा दुईगुणा बढी क्षमता हुनेछ । सैकिट–४ परियोजनाका अनुसार यस्तो ब्याट्री उपभोक्तालाई मात्र नभएर निर्माताका लागि पनि किफायती र भरोसायोग्य हुनेछ । यद्यपि कम्पनीले यस्तो ब्याट्री बजारमा कहिले आउनेछ भन्ने बारेमा केही खुलाएको छैन । तर डायसन जस्तो चर्चित र ठूलो कम्पनीको आर्थिक सहयोगका कारण यस्तो ब्याट्री छिट्टै बजारमा आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१