काठमाडौं,१० चैत । तोकिएको योजनाको विकास बेजेटलाई समयसीमा भित्र खर्च नगर्ने र रकमान्तर गरेर बहुचवाला नेता कार्यकर्तालाई पैसा बाड्ने कार्य यसवर्ष पनि रोकिएन । विकासमा प्रयोग हुन नसकेको रकम गतवर्ष कांग्रेस, एमाले र एमाओवादीका बहुचवाला नेताकार्यकर्ताले लगेपछि नपाउनेहरुले चर्को विरेध गरेका थिए । असन्तुष्टहरुलाई थुमथुम्याउन गतवर्ष पैसा पाएकाहरुलाई अर्को वर्ष नदिने र नपाएकालाई दिने सहमति गरेका थिए । यसपाली पनि उनै पहुचवालाहरुले पैसा लान थाले पछि कांग्रेस–एमालेका केही सभासदहरु अर्थमन्त्रीलाई घेराउ गर्ने तयारी गर्दै छन् ।
एमालेका एक सभासदका अनुसार अहिले स्थानीय विकास मन्त्रालय र संघीय मामिला मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रीले पहुँचका आधारमा पैसा दिन थालेका छन् । यस्तै कांग्रेसका एक सभासदका अनुसार गत वर्षजस्तै यसवर्ष पनि रकमान्तरको खेल सुरु भएको छ ।
सधै एकै व्यक्तिको मात्रै हालीमुवाली हुदा सोझा नेताकार्यकर्ताको राजनीतिक जीवन समाप्त हुने कुरा अर्थमन्त्री र सरकारले नबुझेको ती सभासदको गुनासो छ ।
स्रोतका अनुसार गतवर्ष यस्तो बजेट लगेकाहरुलाई अहिले नदिने र नपाएकाहरुलाई दिने कार्यलाई अर्थमन्त्रीले लागु गरेनन भने कांग्रेस एमाले लगायतका दलका सभासदहरु मोर्चावन्दी गरेर विरोधमा उत्रने तयारी गर्दैछन् ।
नाम नबताउने सर्तमा एमाले एक सभासदले भने–‘हामी अहिले आ–आफ्ना दलका शिर्ष नेताहरुसंग यो कुरालाई गम्भिरभएर उठाएका छौ । हाम्रो कुरा सुनुवाई भएन भने हामी खुलेरै अर्थमन्त्री घेराउ अभियानमा जुट्ने छौ ।रकमान्तरको भण्डाफोर गर्ने छौँ ।’
प्रतिक्रिया