काठमाडौँ ,१० चैत्र । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)का अध्यक्ष तथा नेपाल कम्फर्ट टुर्स सर्भिसका प्रबन्ध निर्देशक रामशरण कार्कीले नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल)को कार्यलय स्थापनाका लागि करिब ३ लाख बराबरको फर्निचर, कम्प्युटर, टेलिफोन तथा स्टेसनरी सामाग्री उपलब्ध गराएका छन् । पत्रकारिता जगतमा नेपाल पर्यटन पत्रकार मञ्चले छोटो समयमा धेरै काम गरेको र ब्यबसायीहरुलाई सहज हुने खालको र पर्यटन क्षेत्रका समाचार बाहिर आम पाठक सम्म पुर्याउने काम (टीजेएफ–नेपाल) गरेकोले खुल्ला दिलले सहयोग गरेको कार्कीले बताए । टीजेएफ–नेपालका अध्यक्ष शिब अधिकारी ले छोटो समयमा हामीले राम्रो काम गरेकोले हामीलाई सहयोग गर्नु भएको बताउनुभयो । उहाँले गर्नुभएको सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै टीजेएफ–नेपाल तर्फबाट विशेष धन्यवाद ज्ञापन गरेका छौ ।
प्रतिक्रिया