काठमाडौं,९ चैत । गाउँमै सञ्चालित सप्ताह पूजाबाट फर्केकी एक महिलालाई राती बीच बाटोमा रोकेर बलात्कार गर्ने धुस्कुन गाविस–१ स्थित महेन्द्रप्रताप उमाविका कार्यालय सहयोगी नकुल भन्ने गिरीबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ। २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खत्रीलाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेर सोमबार अदालतमा पेस गरेको छ। अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताए।
मुकारुङका अनुसार गाउँमै सञ्चालित सप्ताहबाट राती करिब साँढे १० बजे ती महिलासहित घर फर्कन लागेका खत्रीले एकान्त स्थानमा पुगेपछि बाटो छेकेर जबरजस्ती करणी गरेको महिलाको जाहेरीमा उल्लेख छ। महिलाले प्रतिकार गर्दा गर्दै खत्रीले जबरजस्ती करणी गरेको ती महिलाले प्रहरीसँग बताएकी छिन् । खत्रीले भने आफूले केही नगरेको दाबी गरेका छन्। प्रहरीका अनुसार जर्बजस्ती करणी भइरहेका बेला खत्रीकी श्रीमतीले दुबैलाई आपत्तिजनक अबस्थामा भेटेकी थिइन्। श्रीमतीले रंगेहात भेटेर हल्ला गरेपछि महिलाले आफूलाई खत्रीले जबरजस्ती करणी गरेको खुलासा गरेको प्रहरीले जनाएको छ। महिलाको मेडिकल रिपोर्ट आएपछि थप पुष्टि हुने प्रहरी निरीक्षक मुकारुङले बताए।
प्रतिक्रिया