काठमाडौं,९ चैत । मुटु बाहिर निस्किएको अवस्थामा जन्मिएको शिशुको उपचारका क्रममा मृत्यु भएको छ। विपी कोइरालान स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकेपछि सोमबार काठमाडौं ल्याइएको शिशुको सहिद गंगालाल हृदय केन्द्र अहिले केहीबेर अघि उपचारको क्रममा निधन भएको हो। उपचार खर्च सबै अस्पतालले व्यहोर्ने भएको थियो । गंगालालमा मुटु शल्यचिकित्सक डा.रमेशराज कोइरालाको नेतृत्वको विशेष टोलीले शल्यक्रिया गरेको थियो।
शनिबार झापाको भद्रपुरकी २१ वर्षीया श्रुती कार्कीको शल्यक्रिया गरी निकालिएको शिशुको मुटु शरिर बाहिर रहेको अवस्थामा जन्मिएको थियो। धरानमा उपचार सम्भव नभएपछि सोमबार काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा ल्याइएको हो । आमा श्रुतिको भने धरानमै उपचार भैरहेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रसुति रोग विभाग प्रमुख डा.शैलजा क्षेत्री श्रेष्ठले यस्तो घटना नेपालमै पहिलो भएको बताइन् । विश्वमै हालसम्म ९१ वटा मात्र यस्ता बच्चाको जन्म भएको उनले जानकारी दिइन् ।
प्रतिक्रिया