चितवन, ९ चैत । चितवनमा थप चार जनामा स्वाइन फ्लुको संक्रमण रहेको पुष्टि भएको छ । यसअघि ४९ जनामा संक्रमण प्रमाणित भएकोमा चार जना थपिएपछि चितवनमा अहिलेसम्म ५३ जनामा स्वाइन फ्लु प्रमाणित भएको छ ।
संक्रमित हुनेमा ४४ जना चितवनका, पाँच जना नवलपरासीका तथा गोरखा, तनहुँ, पर्सा र रुपन्देहीका एक एक जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जानकारी दिनुभयो । अहिलेसम्म नमुना परीक्षणका लागि पठाइएका २ सय ४ जनामध्ये ५३ जनामा स्वाइन फ्लु प्रमाणित भएको हो । संक्रमित हुनेमा २९ जना महिला र २४ जना पुरुष रहेका छन् । रुघाखोकी लाग्ने, ज्यान दुख्ने, थकाइ लाग्ने लगायतका लक्षण भए तुरुन्त अस्पताल गएर परीक्षण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ । जिल्लामा रहेका सरकारी अस्पतालमा स्वाइन फ्लुको शंकामा रहेका बिरामीलाई सहयोग गर्न हेल्प डेस्क समेत राखिएको छ ।
प्रतिक्रिया