बाग्लुङ्ग, ९ चैत्र । बाग्लुङको तित्याङ–८ मा छोरीको वच्चरो प्रहारवाट बावुको मृत्यु भएको छ । आमा घाइते भएकी छिन् । ४० वर्षिय शर्मीला थापाको वञ्चरो प्रहारवाट करिव ८० वर्षिय पतिराम थापाको घटना स्थलमै मृत्यु भएको हो भने ७५ वर्षिय आमा जमुना थापा गम्भीर घाईते भएकी छन् । घरयासी विवादका कारण छोरीले वावु आमा माथि वञ्चरो प्रहार गरेको वुझिएको छ । वञ्चरो प्रहार गरी फरार थापालाई प्रहरीले पक्राउ गरेको छ । विहे नगरी वसेकी थापाको मानसिक सन्तुलन ठिक नभएको कारण औषधी सेवन गरिरहेको स्थानियले टिकाराज पौडेलले वताए । आमा बुबाले आफ्नो बिबाह नगरिदिएका कारण उनले त्यस्तो गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।
त्यस्तैं रुपन्देहीमा आफ्नै आमाबाबुले बन्चरो प्रहार गरी छोरीको हत्या गरेका छन् । जिल्लाको करौता गाविस ७ चौरीगाँउकी अन्दाजी १९ बर्षीय मञ्जु यादवको आफ्नै आमाबाबु र दाइले बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो। चौरीगाँउका नरेस यादव, उनकी श्रीमती र छोरा अर्जुन यादवकै मिलेमतोमा घर नजिकैको धान खेतमा छोरीलाइ बन्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इप्रका मर्चवारका प्रहरी निरिक्षक रमेश बहादुर सिंहले बताए।सिंहका अनुसार धान खेतमा बन्चरो प्रहार गरिएको र रगतका टाटा भेटिए पनि मृत्तकको लास भने घरमै फेला परेको थियो। साँझ साढे पाँच बजे प्रहरी घटनास्थल पुग्दा यादवको मृत्यु भइसकेको र साढे चार बजेतीर घटना भएको अनुमान प्रहरीले गरेको छ।
प्रतिक्रिया