विश्वभर मोबाइलको बिक्री घट्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ चैत्र २०७१, सोमबार १२:५२

विश्वव्यापी रुपमा सन् २०१५ मा मोबाइलको बिक्री घटेको छ । अनुसन्धान संस्था गार्टनरका अनुसार सन् २०१५ मा १ अर्ब ७५ करोड वटा मोबाइल सेट बिक्री भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा १ दशमलव ७ प्रतिशतले कम हो । यो अवधिमा मोबाइल सेट र डाटाकार्डको कारोबार स्पेनमा सबैभन्दा धेरैले घटेको छ । bobileसंस्थाले मोबाइल फोनको प्रतिस्पर्धात्मक कारोबार शुरु भएको पछिल्लो तीन वर्षमै पहिलो पल्ट बिक्री घटेको बताएको छ । यो अवधिमा स्मार्ट फोनको कारोबार भने अघिल्ला वर्षहरुमा भन्दा बढेको छ । कठिन आर्थिक अवस्था, प्रतिस्पर्धात्मक बजार र स्मार्ट फोन प्रतिको लगावका कारण अरु सामान्य मोबाइल सेटको बिक्री कम भएको संस्थाको निष्कर्ष छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१