जब बाख्राले रक्सी पिएर नशामा टिल्ल भयो…..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ चैत्र २०७१, सोमबार १२:४२

मान्छेले रक्सी पिएर विभिन्न असमाजिक हर्कत गर्ने गरेको घटना त प्रशस्तै घटिरहन्छन् । तर बाखाहरु नै रक्सीले टिल्ल भएर हिडेको कतै सुन्नु भएको छ ?यस्तै भएको छ भारतको मेहसाणा जिल्लाको खेरालू शहरमा । त्यहाँ केही बाख्राहरुले रक्सी पिएर टिल्ल हुँदै बाहिर निस्किएका हुन् । घटना पनि अचम्मको छ । प्रहरी गाउँ पस्यो । गाउँबाट जफत गरेको रक्सी एउटा खुला मैदानमा नष्ट गरे प्रहरीले । मैदानमा त नदीको पोखरी नै बनेछ ।

bagharaएक प्रहरी निरिक्षकले भने, ‘एक स्थानीयको बाख्राले उक्त रक्सी पिएछन् । ती बाख्राहरु नशामा लठ्ठ भएछन् ।’ उनले बाख्राले रक्सी रक्सी स्वादिलो मानेर पिएको हुनसक्ने बताए । केही बाख्रा त धेरै रक्सी पिएर बेहोस् नै भएका थिए ।बाख्राहरु कोही नशामा छन् । कोही ढलेका छन् । स्थानीय अचम्ममा परेका थिए । घटनाको १२–१४ घन्टापछि सबै बाख्रालाई होस आएको बताइएको छ । बाख्रालाई रक्सीको नशाबाट ब्यूँताउन दही, दूध खुवाइएको थियो । बाख्राले केही हंगामा नगरुन् भनेर बाँधिएको थियो । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१