चेल्सी अझै ५ अंकको अग्रतामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ चैत्र २०७१, सोमबार १२:०१

एजेन्सी । इङलिस प्रेमियरसिपको पछिल्लो खेलमा शीर्ष टोली चेल्सीले हल सिटीलाई पराजित गर्दै अंक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ । पहिलो हाफ दुई दुई गोलको बराबरीमा सकिएपनि चेल्सीले ७७ औं मिनेट गोल गर्दै ३–२ को जित हात पारेको हो । जितपछि चेल्सी ६७ अंकसहित पहिलो स्थानमा छ । एक म्याच बढी खेलेको म्यानचेस्टर सिटी भने ६१ अंकसहित दोस्रो स्थानमा छ ।

chalउता, अंक तालिकाको चौथो स्थानमा उक्लिने क्रममा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई २–१ ले पराजित गरेको छ । ५९ मिनेटभित्र गरेको दुई गोलका आधारमा युनाइटेडले जित हात पारेको हो । उक्त खेलमा लिभरपुलका स्टेभन जेरार्ड मैदान छिरेको ३८ सेकेन्डमा रातो कार्ड खाएर बाहिरिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१