“मान्छे बुढो भए पनि मन चै बुढो हुदैन” भन्ने उखान धेरैले सुनेका छौ । नेपाली समाजमा धेरै मानिस छन् जो उमेर ढल्के पनि समाजका निकै महत्वपुर्ण व्यक्ति बनेर बसेका हुन्छन् । किनकी उनीहरु सगँ धेरै ज्ञान,गुनका कुरा हुन्छन् जो उनीहरु सगँ अझै पनि ताजा बनिरहेको हुन्छन् । समाजमा त्यस्तो भए पनि सबैले देख्ने र र्हने ठुला पर्दाका मानिसहरुमा त्यो देखिदैन् । उसो त चलचित्र क्षेत्रमा र्हने हो भने पुराना कलाकारको लागी ठाँउ नै छैन सिनेमा क्षेत्रमा । अहिले बनेका चलचित्रहरुमा पुराना कलाकारहरु त्यति देखिदैन् ।
यदा कदा कुनै कुनै रोलमा पुराना कलाकार देखिए पनि अरु सबै दृश्यमा नवकलाकार नै देखिन्छन् । उमेर ढ्ल्के पछि उनीहरुलाई चाहाने मान्छेहरु पनि कम हुदै जान्छन् । नेपाली चलचित्र क्षेत्रमा धेरै बर्ष विताएका विपना थापा,निरुता ंिसहं,रुपा राना,मौसमी मल्ल,तृप्ती नाडकर,सारङ्गा श्रेष्ठ,कृटि मौनाली,जल शाहा,गौरी मल्ल,मेलिना मानन्धर जस्ता नायिकाहरु नेपाली सिनेनगरीमा कुनै बेला निकै चलेका नायिकाहरु थिए । तर यति बेला उनीहरुको माग नै छैन चलचित्रहरुमा । तिनै नायिकाहरु सगै कलाकारीतामा लागेकी नायिका करिष्मा मानन्धरको माग भने अझै पनि चलचित्र क्षेत्रमा उतिक्कै छ । उमेर ढ्ल्कीदै गए पनि रुपले भने करिष्मालाई निकै साथ दिएको छ । खास उमेर बताउन नचाहाने करिष्मा दर्शकले भने ४० देखी ५० को हाराहारीमा करिष्माको उमेर रहेको अनुमान लगाउछन् । हालका केहि चर्चित कलाकार भन्दा करिष्माको माग अझै पनि कम छैन चलचित्रहरुमा । उनलाई चलचित्रमा खेलाउन धेरै निर्माताहरु तछाडमछाड गरे पनि करिष्माको रेटले निर्माताहरु नै आतिने गरेका छन् । धेरै बर्ष देखी चलचित्र क्षेत्रमा विताएकी करिष्मा अभिनयमा भने धेरै खारिएकी छिन् । उनले एउटा चलचित्र खेले बापत ४ देखी ५ लाख सम्म लिने गरेकी छिन् । जो अरु नायिकाहरु लिने रेट भन्दा १ गुनाले बढि हो । चलचित्र क्षेत्रमा राजेश हमाललाई महानायक भने झै चलचित्रकर्मीहरुले करिष्मालाई महानायिकाको उपाधि समेत दिएका छन् । पछिल्लो समय चलचित्र “किन–किन” को अपार सफल्ता पछि करिष्मा केहि अरु चलचित्रको काममा व्यस्त रहेकी बताइएको छ ।
प्रतिक्रिया