शैक्षिक सामग्री स्वरुप कम्प्युटर वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ चैत्र २०७१, सोमबार ११:१६

सन्दिप कुमार बैश्य
बर्दिया,९ चैत । गुलरिया नगरपालिका का बिभिन्न ५ सामुदायिक बिद्यालय मा एक गैर सरकारी संस्थाले आई.सि.टि.सपोर्ट तथा शैक्षिक सामग्रीका रुपमा करिब पाच लाख मुल्य बराबरको सामग्री सहयोग स्वरुप बितरण गरेको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा दलित सेवा संघ द्वारा संचालित सुनौलो भविस्यका लागी नरम सिप परियोजना अन्तर्गत विद्यालयमा विद्यार्थिको अनियमितता दर न्युनिकरण गर्ने उद्देश्यले उक्त आई.सि.टि. सपोर्ट तथा शैक्षिक समाग्रीहरु बितरण गरिएको सुनौलो भविष्यका लागी नरम सीप परियोजनाका कार्यक्रम संयोजक तारा बहादुर सुनारले बताउनु भयो । गुलरिया नगरपालिकामा परियोजना लागु भएको ५ विद्यालय मध्ये २ विद्यालय श्री गणेश विद्या मन्दिर नि.मा.बि. शंकर बस्ति र श्री ने.रा.नि.मा.बि. सोहेलवामा ३-३ ओटा कम्प्युटर वितरण गरिएका साथै १-१ प्रीन्टर, स्टेबलाइजर लगायत करीब २ लाख ५० हजार मुल्य बराबरको आई. सि.टि. समाग्री वितरण गरिएको हो ।

comनगर बाल संरक्षण समिति तथा दलित सेवा संघले नमुना विद्यालयको रुपमा छनोट गरेको भानोदय नि.मा.बि. बेचैपुरलाई तौल मेसिन, स्कुल ब्याग, बोर्ड, बोर्ड मार्कर लगायत आवस्यक पर्ने एक लाख मुल्य बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो । त्यसैगरि परियोजना लागु भएका बिद्यालयहरु श्री गणेश विद्या मन्दिर नि.मा.बि.शंकर बस्ती , श्री ने.रा.नि.मा.बि. सोहेलवा, श्री गायत्री नि.मा.बि. टेपरी, श्री भानोदय नि.मा.बि. तुल्सीपुर गरी ५ विद्यालयका ५० विद्यार्थिलाई प्रत्येक बिद्यार्थीलाई ३ हजार रुपैयाका दरले शैक्षिक समाग्री बितरण गरिएको संस्थाले जनाएको छ ।परियोजना अन्तर्गत विपन्न असहाय तथा गरीबी रेखामुनी रहेका कक्षा ६ देखि कक्षा ८ सम्मका बिद्यार्थिहरु लाई लक्षित गरि यो समाग्री बितरण गरिएको हो । जिल्लाको अधिकांश विद्यालयमा विद्यार्थि अनियमितता दर बढ्दै गएकोले दलित सेवा संघ द्वारा संचालति सुनौलो भविष्यका लागी नरम सीप परियोजना अन्तर्गत गुलरिया नगरपालिकाका नि.मा.वि.स्तरका ५ सामुदायिक विद्यालय र नेउलापुर तथा बगनहा गा.बि.स. मा ५ विद्यालय गरी कुल १० विद्यालयमा शिक्षक तथा शिक्षीकाहरुले नरम सीप प्रयोग गरी पढाउने र विद्यालयमा विद्यार्थि अनियमितता दर घटाउने उद्देश्यले यो परियोजना संचालन गरिएको सुनौलो भविष्यका लागी नरम सीप परियोजनाका कार्यक्रम संयोजक सुनारले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१