एमाओवादीका नेताहरु भारत र चीन जाँदैमा केही हुदैंनः पौडेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार १६:३०

काठमाडौं,८ चैत । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिका लागि बार्तामा बस्नुको साटो एकीकृत माओवादीका नेताहरु बिदेश दौडाहामा लागेको आरोप लगाएका छन् । पूर्वप्रधानन्त्री एवं नेपाली कांगेसका पुर्वसभापति गिरिजाप्रसाद कोइरालाको पाँच औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले भारत र चीन जाँदैमा केही नहुने दावी गरे ।

ramchandra-poudelसहमतिका नाममा अनन्तकालसम्म संविधानसभालाई बन्धक बनाउन नसकिने भन्दै उनले प्रक्रियामा गएर भएपनि संविधान बनाउनुपर्ने बताए ।
उनले सडकबाट संविधानसभालाई निर्देषित नगर्न समेत एकीकृत माओवादीलाई चेतावनी दिए । कोही शान्तीका नेता हुने कोही क्रान्तीका नेता भएपनि गिरिजाप्रसाद कोइराला शान्ति र क्रान्ती दुवैको नेता भएको पौडेलको दावी छ ।
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एकीकृत माओवादीलाई पर्खीएर अनन्तकालसम्म संविधानसभाको बैठक स्थगित गर्न नसकिने बताए ।
नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले संविधान निर्माणका लागि अधिक्तम सहमति जरुरी भएपनि पुर्ण सहमति सम्भव नरहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१