इण्डिया,बंलादेश जस्ता मुलुक सस्तो मुल्यमा विजुली किन्न आतुर छन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार १४:२३

546188_100381853472062_645530254_n

सूर्यनाथ बास्तोला नेपालका वरिष्ठ उर्जा विज्ञमा गनिनुहुन्छ । लामो समय नेपाल विद्युत प्राधिकरणमा कर्मचारीको रुपमा काम गरेका बास्तोलाको उर्जा उत्पादनमा छुट्टै चासो छ ,नेपालको उर्जा विकास कसरि गर्न सकिन्छ त् भन्ने शिलशिलामा  बास्तोलासंग राष्ट्रिय खबरले गरेको कुराकानी–
१. आफ्नो परिचय कसरी दिन रुचाउनुहुन्छ ?
म प्रोफेसनल इन्जिनियर हुँ । मेरो नाम सुयनाथ बाँस्तोला हो । मैले सन् १९५७ मा कलकताबाट इन्जिनियरिङ्ग गरे । १९६३ मा मैले मास्टर इन्जिनियरिङ्ग गरे । नेपालमा ३० बर्ष नोकरी गरेर विजुली अड्डा देखी लिएर प्राधिकरणसम्म म नियूक्ति भए । नेपालमा जलस्रोत विकासमा मैले सक्दो योगदान पुराएको छु । र नियूक्ति भएपछि म धेरै जस्तो अमेरिकामा बसे । र त्यहाँ पनि जलस्रोत अध्यापन गराएर नै बसेको थिए । मेरा छोरा छोरीहरु धेरै जसो अमेरिका र क्यानडामा बस्छन् । एउटा छोरा नेपालमा छ । उसैलाई नै भेट्न म अमेरिकाबाट नेपालमा आइरहन्छु । यहि मौकामा यहाँहरुसँग भेटघाट हुने मौका मिलेकोमा म धेरै खुसि भएको छु ।
२.आफु प्राधिकरणमा हुदाँ कुन कुन जलविद्युत आयोजनाहरु बनाउनु भयो ?
मैले सर्वप्रथम कन्काई नदीको सर्वेक्षण जापानीहरुबाट यो योजना निर्माण गराए । यसको योजनाको सिचाई मात्र भयो तर विद्युत चाहि निर्माण हुन सकेन । त्यसपछि नुवाकोट देवीघाटको योजना मैले सुरु गरे । पहिला भारत तिर सरकारले नेपालले निर्माण गर्ने उनीहरु सहयोगी भएर बस्ने कुरा थियो । पछि गएर एक बर्ष पछाडी कलोनी र जग्गा जमिन निर्माण गरेपछि आफ्नैं बनाउछु भने त्यसपछि सरकारले उनीहरुलाई सुम्पीदियो । त्यसपछि म मर्स्याङ्दी  योजना गर्न गए । मर्स्याङ्दी ७० किलो मेगावाटको त्यसबेलाको सबैभन्दा ठुलो योजना थियो । त्यमे बनाउन ७ बर्ष जति लाग्यो । तर मर्स्याङ्दी बनेपछि ७,८ बर्षका लागी विद्युत प्रयाप्त मात्रमा पुगेको थिएन । मुख्यत यि दुईवटा हुन अरु साना तिना योजनाहरु भारतमा कुराकानीहरु जलस्रोतहरुमा काम गर्ने मौकाहरु मिलेको थियो ।
३.नेपालमा जलविद्युतको विकासको बारेमा केहि भन्नुहुन्छ ?
नेपालले आफ्नो विद्युत विकासलाई दुईवटा पक्षमा राखेको छ । यसको एउटा हाम्रो देशमा हामीलाई नै चाहिने विद्युत खपत जति हुन्छ त्यो अनुसार उत्पादन गर्न सकेको छैन । पहिला यो जलविद्युत पूर्ती गर्ने अनि साना मझौला योजनाहरु गर्नु पर्छ । त्यो आफ्नैं २० बर्ष देखी निजीदेशमै विकास गर्ने भनेर नेपालले सुरुवात गर्यो । ऐन कानुन बनायो तर यो बिचमा ५०० मेगावाटलाई धान्ने बनाएको थियो जुन प्रयाप्त छैन । राम्रो निती भएको,राम्रो सोच भएको नेतावान व्यक्ति सत्तामा आयो भने १० बर्ष भित्रमानै राम्रो उत्पादन र जलस्रोतको विकास गर्न सकिन्छ ।
४.नेपालीले अझै पनि अन्धकारमा बस्नुपर्ने बाध्यता कसरी आइलाग्यो ?
नेपालमा राजनितिक स्थिरता कुनै बेला पनि भएन,सत्तामा जहिलेपनि छिना झम्टी हुने भयो,देश विकासमा ध्यान दिन सकेन र देशले राम्रो ध्यान नदिएको हुनाले जलस्रोतमा विकास हुन सकेन । जलस्रोत नेपालको यस्तो स्रोत हो जसलाई राम्रो विकास गरेमा देश १० बर्ष भित्रमा धनी हुन सक्छ । आजपनि सक्छ र त्यो बेलापनि सक्थ्यो । तर भारतले नेपालसँग राम्रो कुराकानी नमिलेपछि आफ्ना योजना सम्पुर्ण काम अर्को ठाउँमा लगेर बनायो र नेपालमा चाहिने त्रिशुली देवीधाट जस्ता योजना बनाइदियो त्यसैले गर्दा नेपालले जलस्रोतमा ठुलो विकास गर्न सकेन ।
५.बर्तमान राजनितिक अबस्थाको बारेमा केहि भन्नु हुन्छ ?
अब नेपालको राजनितिमा ७ सालको क्रान्तिमा बन्दुक बोकेर हिडेको मान्छे म आइएसी बढ्दैं थिए । मेरो दाजुहरुले क्रान्तिको लिड गरेर मैले पनि बन्दुक बोके । त्यति बेला म मे सोच्थे भने नेपालको पनि भारतको जस्तैं प्रजातन्त्र आउँला,देश  विकास होला भन्ने मैले पनि सोचेको थिए । र इन्जिनियरिङ्ग गरे । मैले मान्छेको मुखमा मात्र प्रजातन्त्र आयो तर ५० बर्षको अन्तरालमा व्यबहारमा प्रजातन्त्र आएन । राजनितिक खिचातानी नेपालको दुर्भाग्य हो । कुनै पाटी,संस्था र वडा चलेका कुनै पनि संस्थाहरु प्रजातान्त्रिक तरिकाले चलेका छैनन् । धेरै जसोले नैतिकता गुमाएका छन् । धेरै जसो मानिसहरुमा राजनितिकका कारण निराशा बढ्दैं गइरहेको छ । यो दुख लाग्दो कुरा हो । तर मेरो त सबै राम्रो छ । तर मेरो देशको भोली के होला भन्ने चिन्ता लाग्छ ।
६.वरिष्ठ उर्जा विज्ञ भएको नाताले तपाईले नेपाल सरकारलाई कतिको सहयोग गरिरहनुभएको छ ? वा सरकारले तपाईजस्तो उर्जाविज्ञको कतिको सहयोग लिइरहेको छ ।
म रिटाएर भएपनि अमेरिकामा म बसेपनि,मलाई जलस्रोतमा प्रधानमन्त्रीको अध्यक्षतामा बनेको समुहमा जलस्रोतल वित्तियमा एमालेले पनि राखेको थियो र काग्रेसले पनि सल्लाहका लागी राखेको थियो । म समय समयमा आएर उहाँहरुलाई सल्लाह पनि दिने गर्थे । अहिले चाहि मलाई कुनैक्षेत्रमा राखेको छैन । तर समय समयमा आएर देशलाई चाहिने सहयोग र जलस्रोतको लागी चाहिएको मैैले जानेसम्मको विचारहरु दिने गर्छु । र म अहिले आउँदा दुख लागेको कुरा के छ भने विभिन्न विद्युत जलस्रोतमै काम गरिरहेका प्राधिकरणहरुले राम्रोसँग मामला मिलाउन नसकेको हुनाले विभिन्न पत्रपत्रिकामा विभिन्न कुराहरु छापिरहेको छ । जुन राम्रो होइन । हामी सबै जना एकजुट भएर देश विकासको लागी हात बढाउन जरुरी छ ।
७.अन्तिममा देशको विकास चाडैं गर्न तपाईको सल्लाह सुझाब केहि छ ?
म अन्तिममा के भन्छु भने,देशको विकास गर्नु छ भने एग्रिकल्चर सेक्टर,टुरिजम सेक्टर ,वाटर रिसोर्समा धेरै ध्यान दिनुभयो भने देशको चाडैं विकास हुन्छ । र इण्डिया,बंलादेश जस्ता मुलुक सस्तो मुल्यमा विजुली किन्न आतुर छन् । त्यसैले विद्युत निर्माण गरि देशको विकास गर्नु होला ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१