अबको नेतृत्व महिलाले पाउनुपर्ने भन्दैं सुजाताले गरिन सभापतिमा लड्ने उद्घोष

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार १४:२०

सिराहा,८ चैत । कांग्रेस नेतृ सुजाता कोइरालाले आसन्न महाधिवेशनमा सभापति पदको लागि उम्मेद्वारी दिने बताउनुभएको छ । सिराहामा आज संचारकर्मीसंग कुरा गर्दै उहाँले अबको नेतृत्व महिलाले पाउनुपर्ने र सभापति पदको लागि आफुले उमेद्वारी दिने बताउनुभएको हो । पार्टीमा गुट उपगुट निर्माण हुन थालेकोले कार्यकर्ता टाढा हुन सक्ने खतरा रहेको उहाँको भनाई थियो ।

sujata_koirala_250अर्को प्रसंगमा कोइरालाले संविधान प्रक्रियाभन्दा पनि सहमतिको आधारमा निर्माण गर्नुपर्ने भएकाले सबै दलले व्यक्तिवादी र पार्टीगत स्वार्थ छाड्नु पर्ने बताउनुभयो । कांग्रेसले पार्टीमा ‘महिला छैनन् भन्छन् के हामी गवार हौ ?’ सुजताले भनिन् । त्यस्तैं कांग्रेस नेतृ कोइरालाले पार्टी सभापति कोइरालाले सहमतिबाटै नयाँ संविधान निर्माण गर्नुपर्ने भएकाले जित र हारको भावना त्यागी नयाँ संविधान निर्माणको एक मात्र लक्ष्य हासिल हुन सबै दल लाग्नुपर्ने पनि बताउनुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१