बिराटनगर, ८ चैत । उप–प्रधानमन्त्री प्रकाशमान सिंहले जनआन्दोलनको उपलब्धी संस्थागत गरेर संविधानसभावाट संविधान जारी भएमात्र स्वर्गीय गिरिजाप्रसाद कोेइराला प्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाले विराटनगरमा आज आयोजना गरेको नेपाली राजनीतिका शिखरपुरुष एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पाचौ स्मृति दिवसको अवसरमा पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दै उनले ०६२/६३को जनआन्दोलनवाट मुलुकमा परिवर्तनको लागि प्राप्त उपलब्धीहरुलाई दलहरुको सहमतिमा संविधानसभावाट संस्थागत गर्न सके मात्र स्वर्गीय कोइरालाको सपना पुरा हुने बताए ।
उनले मुलुकमा परिवर्तनको लागि जनआन्दोलनको बेला सहयात्री बनेका दलहरुको सहमतिमा संविधान सभावाट परिवर्तनलाई संस्थागत गर्न स्वर्गीय कोइरालाले देखाएको वाटोलाई आत्मसाथ गर्नुको विकल्प नरहेको बताए ।
कार्यक्रममा पत्रकार अन्नतकुमार न्यौपाने, उमा पोखरेल र हरि कोइरालालाई उप–प्रधानमन्त्री सिंहले गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया