नेकपा (माओवादी) र नेकपा–माओवादीबिच एकताका लागि सातबुँदे प्रस्तावमा छलफल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार ११:२१

काठमाडौं,८ चैत । एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीका शीर्ष नेताबीच पार्टी एकताका विषयमा आज भएको बैठकमा माक्र्सवादको प्रयोग र रक्षा, पार्टीको तत्कालीन कार्यनीति, विगतका कमजोरीको समीक्षा, संसद्वादलगायत सात विषयमा छलफल भयो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्कालीन विषयमा साझा धारणा बनाएर आन्दोलनका कार्यक्रम घोषणा गर्नेबारे पनि आजको बैठकमा सहमति भएको बताए ।

Mohan-B-Prachandaमाओवादी उपाध्यक्ष सिपी गजुरेलले बैठकमा सातबुँदे प्रस्ताव प्रस्तुत भई छलफल भएको र त्यसमा फेरि थप छलफल गर्ने गरी आजको बैठक टुङ्गिएको बताए । उनका अनुसार दुवै पार्टी अध्यक्षबीच छलफल भई अर्को वार्ताको मिति तय हुने छ । छलफलका लागि एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरु आइतबार बिहानै बैद्य माओवादीको कार्यालय बुद्धनगरमा पुगेका थिए । वार्तामा एमाओवादी र वैद्य माओवादीका पदाधिकारीहरु सहभागी थिए । प्रचण्ड र बैद्य माओवादीले हालैमात्र दुबै पक्षका पदाधिकारी संलग्न रहेको वार्ता समिति समेत गठन गरेका हुन् । केही दिनअघि एमाओवादी अध्यक्ष दाहाल र अध्यक्ष वैद्यको नेतृत्वमा दुवै दलले एकताका लागि वार्ता समिति गठन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१