म्यान्चेस्टर सिटी र आर्सनल विजयी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार १०:४४

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएका खेलहरुमा शिर्ष क्लवहरु म्यान्चेस्टर सिटी र आर्सनल विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले वेष्ट ब्रोमलाई ३-० ले हराउँदा तेस्रो स्थानको आर्सनलले न्युकासल युनाइटेडलाई २-१ ले पाखा लगायो । यसैगरी अर्को लण्डन क्लव टोटनह्याम हट्सपरले लेस्टर सिटीलाई ४-३ ले पराजित गर्‍यो भने साउथह्याम्पटनले बर्नलेलाई २-० ले हरायो ।

manप्रिमियर लिगका अन्य खेलहरुमा स्वान्सी सिटीले एस्टन भिल्लालाई १-० ले, क्रिष्टल प्यालेसले स्टोक सिटीलाई २-१ ले तथा वेष्ट ह्याम युनाईटेडले सन्डरल्याण्डलाई १-० ले हराएका छन ।
गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा चेल्सी २८ खेलबाट ६४ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ ।
दुई खेल बढी खेलेको म्यान्चेस्टर सिटी ६१ अंकको साथ दोस्रो स्थानमा छ भने ६० अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१