खोटाङ ,८ चैत्र । खोटाङमा चार वर्षीया बालिका बलात्कृत भएकी छन् । शुक्रबार बाबुआमा गाईबस्तु चराउन जंगल गएको बेला घरमा एक्लै बसिरहेकी बालिकालाई बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा याम्खा–९ का १४ वर्षीय दिनेश विश्वकर्मा पक्राउ परेका हुन् । बालिकाका आफन्तले दिएको उजुरीका आधारमा विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक बिनोदराज खरेलले बताए ।
महिला प्रहरीले गरेको सोधपुछका क्रममा बालिकाले काखमा राखेर आफुलाई बलात्कार गरेको बयान दिएकी डिएसपी खरेलले बताए ।
प्रहरीचौकी याम्खाले शनिबार बिहान पक्राउ गरेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बालिकाको मेडिकल रिपोर्ट आउन बाँकी रहेकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया