नेपाल पत्रकार महासंघको चुनावको प्रारम्भिक नतिजा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ बैशाख २०७१, सोमबार १५:०७

काठमाडौं,२२ वैशाख  । नेपाल पत्रकार महासंघको चुनावको प्रारम्भिक नतिजा आएको छ । एसोसियटतर्फका दुबै केन्द्रीय सदस्य पदमा युनियनले जितेकाे छ । भूगोलतर्फका एक केन्द्रीय सदस्य  बाहेक सबै सीटमा वामपन्थीको संयुक्त प्यानलले जीत हात पारेको छ । समावेशी सदस्य र पदाधिकारीको भने नजिता आउने  क्रममा छ ।

fnj-logoप्राप्त नतिजाअनुसार उपत्यकामा संयुक्त प्यानलका ईश्वरी वाग्ले र रामहरी सिलवालले जितेका छन् । वाग्लेकाे ८७ र सिलवालकाे ७७ मत अाएकाे छ । उनीहरूका प्रतिद्वन्दीले ५३ र ५१ मत पाएका छन् ।

पूर्वाञ्चलमा संयुक्त प्यानलका गणेश पोखरेल र गणेश लम्साल विजयी भएका छन् । पोखरेलकाे १०१ र लम्सालकाे ८४ मत अाएकाे छ ।

मध्यमाञ्चलमा प्रगतिशील समूहका चीरञ्जीवी मास्के र युनियनका शीतल महतो विजयी बनेका छन् । मास्केले ९२ र महताेले १०३ मत पाएका छन् ।

पश्चिमाञ्चलबाट संयुक्त प्यानलका हरिनारयण गौतम र रुद्र भट्टले जितेका छन् । प्रतिष्ठानतर्फ संयुक्त प्यानलकै सुरज आचार्य र रोशन पुरी विजयी बनेका छन् । गाैतमले ११९ र भट्टले १०८ मत पाएका छन् ।

कर्णालीमा  प्रगतिशील प्यानलका नवराज महताराले २७ मत ल्याएर जितेका छन् भने सुदुरपश्चिममा पनि प्रगतिशील प्यानलकै प्रकाश शाह र खगेन्द्र पन्त विजयी बनेका छन् । शाहकाे ५४ र पन्तकाे ५२ मत अाएकाे छ ।

एशोसिएटतर्फ युनियनका उम्मे्वार प्रदीप न्यौपाने र प्रकाश तिम्सिनाले जितेका छन् । प्रतिष्ठानतर्फ संयुक्त प्यानलबाट सुरज अाचार्य र राेशन पुरी विजयी भएका छन् । अाचार्यको १४२ र पुरीकाे ११४ मत अाएकाे छ । प्रतिद्वन्दी युनियनका भूपेन्द्र अाचार्यकाे ५८ र नारायण अर्यालकाे १ सय मत मात्र अाएकाे छ ।

पदाधिकारीहरुको मतगणना भइरहेको छ । मतगणनामा संयुक्त प्यानलले ‘लिड’ गरिरहेको मतगणनास्थलबाट अनलाइनखबरकर्मी माधव धितालले जनाएका छन् ।

दिउँसो २ बजेसम्मको मतगणनाअनुसार अध्यक्षका प्रत्यासी महेन्द्र विष्टले ३सय ८९ मत प्राप्त गरेका छन् भने पोषण केसीले ३ सय ३७  मत ल्याएका छन् ।

त्यस्तै खुल्ला उपाध्यक्षका खिलबहादुर भण्डारीले ३ सय ५८ मत ल्याएका छन् भने युनियनका रामजी दाहालले ३ सय ३५ मत प्राप्त गरेका छन् । युनियनतर्फकी उपाध्यक्ष अनिता बिन्दुले ३ सय ७३ मत ल्याएकी छन् भने संयुक्त प्यानलका महेश दासको पछिल्लो मतपरिणाम प्राप्त भएको छैन ।

महासचिवमा उम्मेद्वारी दिएका संयुक्त व्यसायिक प्यानलका उजिर मगरले ३ सय ८९ मत ल्याएका छन् भने युनियनका जगत नेपालले ३ सय ३३ मत प्राप्त गरेका छन् । मत गणना कार्य जारी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१