दोहोरो नागरिकताले राष्ट्रिय अखण्डतालाई कमजोर तुल्याउछ : समान्य प्रशासनमन्त्री (फोटोफिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ चैत्र २०७१, शुक्रबार १६:४७

काठमाडौँ, ७ चैत । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्र सेवक कर्मचारीले डिभी तथा स्थायी बसोबास अनुमति पत्र (पिआर) लिएको खण्डमा उसलाई जनताको करबाट जाने एक पैसा पनि सुविधा नदिने उद्घोष गर्नुभएको छ ।  सूचना तथा सञ्चार क्लव नेपालको सातौ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘दोहोरो नागरिकता र विवाद’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो “दोहोरो नागरिकता सम्बन्धी विधेयक तयार हुदैँछ, संसदको अधिवेशन सुरु भएपछि यसले पूर्णता पाउनेछ, कुनै हालतमा दोहोरो नागरिकता दिइनुहुन्न यसले राष्ट्रिय अखण्डतालाई कमजोर तुल्याउछ ।”

मन्त्री पण्डितले २०५७ सालमै टुङ््गीएको दोहोरो नागरिकताको विषय पुनः चर्चाको विषय बनाईनु विडम्बना हो, भन्दै कुनैपनि नागरिक एक राष्ट्रको मात्र नागरिक हुनसक्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो “केही पार्टीका नेताको राष्ट्रियताप्रतिको सोच नै छैन, मैले २०४८ सालदेखि यो विषयलाई उठाईरहेको छु केही नेताको सोच छ संसारका सबै देशको नागरिकता लिए पनि हुन्छ भन्ने मान्यता छ ।”
पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले दोहोरो नागरिकताको विषयले मुलुकको राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर पार्ने खतरा औंल्याउदैँ यसको विवेकपूर्ण ढङ्गले समाधान खोजिनुपर्ने बताउनुभयो ।

1सभासद गीता राणाले दोहोरो सुविधा राज्यका कुनै नागरिकले पाउन नहुने धारणा राख्नुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले दोहोरो नागरिकताले देशको राष्ट्रिय स्वार्थ एकआपसमा बाझिने संवेदनशील विषय भएकाले यो सिद्धान्त र व्यवहारिक रुपमा पनि एउटा नागरिक दुई देशको नागरिक हुन नसक्ने उल्लेख गर्नुभयो ।

पर्यटन व्यवसायी दिपक महत, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले राज्यको उच्च ओहदाको पदमा रहेर विदेशी नागरिकता लिनु संवेदनशील विषय भएकाले दोहोरो नागरिकताको समस्या चाडो राज्यले समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
सूचना तथा सञ्चार क्लवका अध्यक्ष कृष्णानन्द भट्ट र महासचिव मुकुन्द ढुङ्गानाले जल्लावल्दा सामाजिक तथा आर्थिक विकासका विषयलाई क्लवले विभिन्न तहबाट प्रभावकारी छलफल र बहस चलाउने बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका १४ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सूचना तथा सञ्चार क्लवमा नयाँ नेतृत्व
सूचना तथा सञ्चार क्लवको सातौ वार्षिकोत्सवको अवसरमा दूरदर्शन टेलिभिजनका कृष्णानन्द भट्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । क्लवको उपाध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का सिबी अधिकारी, महासचिवमा बोष्टर मिडियाका मुकुन्द ढुङ्गाना, सचिवमा स्वतन्त्र पत्रकार हर्क खडायत, कोषाध्यक्षमा राष्ट्रिय खबर डटकमका कल्पना दङगाल र सदस्यमा माउन्टन टेलिभिजनका शर्मिला थापालगायत हुनुहुन्छ ।

11 10 9 8 7 6 5 4 3

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१