अझै रोकिएन स्वाइन फ्लुको माहामारी,चितवनमा ४९ जनामा स्वाइन फ्लु भएको पुष्टि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ चैत्र २०७१, शुक्रबार १४:२४

चितवन, ६ चैत । चितवनमा यो वर्ष अहिलेसम्म ४९ जनामा स्वाइन फ्लु भएको पुष्टि भएको छ । सरकारी र निजी अस्पतालमा उपचारका लागी आएका दुई सय जना बिरामीको पिसिआर परीक्षण गर्दा ४९ जनालाई स्वाइन फ्लु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार स्वाइन फ्लुको संक्रमण भएकामा २२ जना पुरुष र २७ जना महिला छन् । स्वाइन फ्लु लागेका ४० जना बिरामी चितवन जिल्ला कै हुन् भने नवलपरासीका पाँच र रुपन्देही, गोरखा, पर्सा तथा तनहुँका एक एक जना रहेको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर राम केसीले बताउनुभयो ।

swinगएको केही समयदेखि चितवनका अस्पतालमा स्वाइन फ्लुको आशंकामा जाँच गराउन आउनेको संख्या बढेको छ । दुई हप्ता अघिसम्म चितवनमा ६ जनामा मात्र स्वाइन फ्लु देखिएको थियो । हप्तामा दुई पटक सोमबार र बिहीबार जिल्लाबाट परीक्षणका लागि बिरामीको रगतको नमुना काठमाडौं पठाइने र काठमाडौंमा परीक्षण पश्चात त्यसको विवरण जिल्लामा आउने गरेको केशीले बताउनुभयो ।
फागुन २९ गते सम्मको परीक्षण विवरण जिल्लामा आइपुगेको र त्यसपछिका विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । जिल्लामा रहेका सरकारी अस्पतालमा स्वाइन फ्लुको शंकामा रहेका बिरामीलाई सहयोग गर्न हेल्प डेस्क समेत राखिएको छ ।
दैनिक रुपमा ५० जना भन्दा बढीले सेवा लिइरहेको अस्पतालले जनाएको छ । बिरामीको संख्या बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गाउँ गाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । चितवनमा २०६९ मा १० जना र २०७० मा ११ जनामा स्वाइन फ्लु देखिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१