सम्राट सिंह
बझाङ,६ चैत्र । जिल्लामा रहेका दिनदुखी,असहाय तथा गरिबहरुको सहयोगका लागि बझाङ जिल्लाका पत्रकारहरुले परोपकारी पत्रकार मञ्च गठन गरेको छ । शुक्रबार जिल्ला स्थित संञ्चारकर्मीहरुको भेला भई जिल्लामा रहेका दिनदुखीहरुलाई सहयोग गर्ने उद्वेश्यले ११ सदस्यीय परोपकारी मञ्च गठन गरेको हो । मञ्चको अध्यक्षमा अन्नपूर्ण पोष्टका जगदिश रोकाया,उपाध्यक्षमा सेती एफएमका रमेस केसी, सचिव नयाँ पत्रिकाका सम्राट सिंह,कोषाध्यक्ष बझाङ एफ एमका दिपक राज जोशी एवं सदस्यमा हिमालय टाईम्सका राजेन्द्र सिंह, उज्यालो एफ एमका बसन्त प्रताप सिंह, साईपाल एफ एमका जयभक्त जोशी, गोरखापत्रका शैलेन्द्र रोकाया, साईपाल एफ एमकी इन्द्रा खडका , कान्तीपुर टिभिका सुवास कठायत र बझाङ एफ एमका रमानन्द जोशी रहेका छन ।
संसारकै मानवताबादी ब्यतिmत्व जयपृथ्बी बहादुर सिहं को जन्मथलो बझाङका पत्रकारहरुले पनि जिल्लामा रहेका असहाय गरिबहरुको परोपकारका लागी संस्था खोलिएको अध्यक्ष जगदीश रोकायाले बताउनु भयो । उहाले सुदुपश्चिमका अन्य जिल्लामा सहकार्य समन्वय गरि परोपकारी पत्रकार मन्चको शाखा बिस्तार गरिने समेत बताए । जिल्लामा गरिब असहायहरु भएका तर उनिहरुलाई कतै बाट पनि सहयोग सहानुभूती नभएकाले यस्तो पबित्र कार्यको थालनी गरिएको उनले जानकारी दिए । परोपकारी संस्थाले यस्ता परिबार ब्यतmीहरुको सहयोगका लागी सरकारी तथा गैरसरकारी निकाय सहयोगी परोपकारी मन भएका ब्यतmी संग समन्वय गरि सहयोेग जुटाईने भएको छ । साथै परोपकारी संस्थाको एक अक्ष कोष समेत स्थापना गरिने भएको छ । अक्षकोषबाट टुहुरा गरिबका स्कूले बालबालिका लाई छात्रबृद्वीमा समेत लगानी गरिने भएको छ । संस्थाको अक्षकोषका लागी पत्रकारहरुले सुरुवातमा आफुले दश दिन समाचार लेखनबाट आएको पारिश्रमिक बाफतको रकम दिने समेत निर्णय गरेका छन ्। मञ्चले तत्काल करिब १ बर्ष अगाडि देखि भैरवनाथ गाविसको झोता चौरमा त्रिपाल टाँगेर परिवार सहित बस्दै आएका बिपन्न सुरेन्द्र दमाइको परिवारको लागि छाना छाउन जस्तापाताको सहयोगको गर्ने भएको छ ।
प्रतिक्रिया