मोबाइलको प्रयोग पनि सरुवा रोग जस्तै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ चैत्र २०७१, शुक्रबार १२:२२

एजेन्सी । कतिपय रोग सरुवा हुन्छन् भन्नेसबैलाई थाहा भएकै हो तर मोबाइल फोनको प्रयोग सरुवा रोगजस्तै हुन्छ भने तपाईँलाई थाहा छ ? कुराकानी, एसएमएस, गीतसंगीत, भिडियो, इन्टरनेट तथा विभिन्न गेम खेल्न मोबाइल चलाइन्छ । प्रयोगकर्ताको रुचि र मोबाइलको फिचर अनुसार सूचि अझै लामो बन्न सक्छ । तर अमेरिकामा भएको एक अनुसन्धानले मानिसहरुले बिनाकाम पनि मोबाइल फोन प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ । अमेरिकाको मिशिगन विश्वविद्यालयले गरेको अनुसन्धानले मोबाइल फोनको प्रयोगपनि संक्रामक अर्थात् सरुवा रोगजस्तै हुने देखाएको छ । अनुसन्धानलाई आधार मान्ने हो भने तपाईँको आडैमा रहेका व्यक्तिले फोन चलाउँदैछन् भने तपाईँले पनि उद्देश्यबिनै कम्तिमा दुईपटक आफ्नो मोबाइल फोन हेर्नुहुन्छ । अर्थात्, तपाईँसँगै रहेका एक साथीले मोबाइल फोन चलाए भने तपाईँले पनि चलाउनुहुन्छ, भलै कुनै काम नहोस् ।

love mobileयस्तो काममा महिलाहरु पुरुष भन्दा अगाडि रहेको अध्ययनको निष्कर्ष छ । कलेजको कफी सपमा सन् २०११ जनवरीदेखि अप्रिलसम्म विभिन्न समयमा विद्यार्थीले गरेको मोबाइल प्रयोगलाई अनुसन्धानले समेटेको छ । विद्यार्थीहरुलाई जोडी जोडी बनाएर कफी सपमा राखिएको थियो । अनुसन्धानका लागि उनीहरुले २० मिनेटसम्म मोबाइलसँग कसरी व्यवहार गरे भनेर नमूना संकलन गरिएको थियो । र, १०–१० सेकेन्डको फरकमा उनीहरुले गरेको व्यवहारको अनुसन्धान तथा विश्लेषण गरिएको थियो । अनुसन्धान प्रतिवेदनमा भनिएको छ– ‘हामीले अनुसन्धानका लागि राखेका हरेक व्यक्तिले सँगै रहेका व्यक्तिले फोन प्रयोग गरेपछि आफनो फोन हेरे । एकजनाले एसएमएस पढेको देखेपछि अर्को व्यक्ति पनि आफ्नो इनबक्स हेर्न आतुर हुने गरेको भेटियो ।’ एकजनाले फोनमा कुरा गर्दा सँगैका अर्का व्यक्तिले आफु सामाजिक रुपमा वहिस्कृत भएको अनुभव गर्ने अध्ययनले देखाएको छ । मोबाइल फोनले प्रयोगकर्तालाई समय बिताउन वैकल्पिक उपाय मात्र हैन, सामाजिक जीवन र अन्तर्क्रियालाई प्रवर्द्धन तथा अवरोध दुबै गर्ने अध्ययनको निष्कर्ष छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१