काठमाडौं,६ चैत । यसवर्षको सगरमाथा आरोहणको तयारी अन्तिम चरणमा पुगेको छ । आरोहणका लागि बाटो बनाउन ८ जना आइसफल डक्टरहरु आधारशिविर भन्दा माथी पुगिसकेका छन् । आइसफल डक्टर पठाउने संस्था ‘सगरमाथा प्रदुषण नियन्त्रण समिति SPCC का अनुसार, अबको एक साताभित्र बाटो निर्माणको काम सकिनेछ ।
गतवर्ष हिमपहिरोमा परि १६ जना आरोहण सहयोगीहरुको मृत्यु भएपछि आरोहण रद्द गरिएकामा यसवर्ष आरोहणको मौसम शुरु हुन लागेपछि तयारी थालिएको हो । अप्रिल अन्तिमदेखि मे महिनासम्मको अवधि सगरमाथा आरोहणका लागि उपयुक्त मानिन्छ । यसवर्ष आधारशिविरबाट क्याम्प १ जाने बाटोको ट्रयाक परिवर्तन गरिएको SPCC का कार्यक्रम अधिकृत कपिन्द्र राईले बताउनुभयो । गतवर्ष सगरमाथा आरोहणका लागि एक नेपाली समूहसहित ३१ समूहले अनुमति लिएका थिए । यसवर्ष कति टोली आरोहणका लागि आउने भन्ने एकिन भइसकेको छैन ।
प्रतिक्रिया