बंगलादेशलाई हराउँदै इण्डिया विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ चैत्र २०७१, शुक्रबार ११:३५

बंगलादेशलाई १ सय ९ रनले हराउँदै इण्डिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मेलबर्नमा पहिले ब्याटिङ गरेको इण्डियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय २ रन जोडेको थियो । ३ सय ३ रनको लक्ष्य पछ्याएको बंगलादेश ४५ ओभरमा १ सय ९३ रनमा प्याक भएपछि इण्डिया १ सय ९ रनले विजयी भएको हो । बंगलादेशलाई सस्तोमा प्याक गर्न उमेश यादवले ४ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट आफ्नो नाममा लेखाएका हुन् । त्यस्तै रविन्द्र जडेजा र महम्मद सामीले २–२ विकेट लिए । बंगलादेशका नासिर हुसैनले सर्वाधक ३५ र शबिर रहमानले ३० रन जोड्नबाहेक अन्यको प्रदर्शन उल्लृख्य रहेन । सौम्य सरकार २९, मुस्फिकर रहिम २७ र तमिल इकवाल २५ रनमा आउट भए ।

sssयसअघि पहिले ब्याटिङ गरेको इण्डियाले ओपनर रोहित शर्माको सेन्चुरीको मद्दतमा ३ सय २ रन जोडेको थियो । १ सय २६ बल खेलेका यिनले १४ चौका र ३ छक्काको मद्दतमा १ सय ३७ रनको योगदान गरे । शुरुआतका अन्य ब्याट्सम्यानहरु सस्तोमा पविलियन फर्किए पनि शर्माले सुरेश रैनासँग मिलेर चौथो विकेटका लागि १ सय २२ रनको साझेदारी गरे । रैनाले ६५ रन जोडे । अविजित रहेका रविन्द्र जडेजाले १० बलमा २३ रनको योगदान गरे । शिखर धवन ३० र अजिन्क्या रहाणे १६ रनमा आउट भए । बिराट कोहली ३ रनमा पविलियन फर्किएको खेलमा क्याप्टेन महेन्द्र सिंह धोनीले ६ रन जोडे । सेमिफाइनलमा इण्डियाको भिडन्त अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग आगामी बिहीबर हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१