सप्तरी, ६ चैत । सप्तरीमा एसएसलीमा अनियमितता गर्ने ४८ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।
एसएलसी परीक्षाको दोश्रो दिन शुक्रबार नेपाली विषयको परीक्षामा चीट चोरेको भेटिएपछि बरिया र राजविराजमा गरी ४८ जनाको परीक्षा रद्द गरिएको प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जानकारी दिनुभयो । सप्तरीको बरियामा रहेको नरेन्द्र मेमोरियल जनता माविमा २४ जना र राजविराजको पवि माविमा चीट चोर्ने २४ जनाको परीक्षा रद्द गरिएको हो ।
प्रतिक्रिया