काठमाडौं, ६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाले संविधान जारी गर्ने नयाँ मिति तोक्न दलहरुलाई आग्रह गरेका छन् । आफ्नो ८८औं जन्मदिनको अवसरमा विहीबार सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान जारी गर्न ढिला भइसकेकाले तत्काल नयाँ मिति तोक्न दलहरुलाई आग्रह गरे । सबैको सहमतिको आधारमा बन्ने संविधानलाई मात्र सबैले मान्ने भन्दै थापाले खिचातानीमा नलाग्न पनि नेताहरुलाई सुझाव दिए । ‘राप्रपाले गणतन्त्र र संघीयता छाड्न नसक्ने भन्दै उनले अहिले दलहरु अनावश्यक बखेडामा’ लागेको बताए ।
‘राप्रपा नेपालसँगको एकता गफ मात्र’ भएको पनि उनले प्रष्ट पारे । केही पार्टी र नेताहरु मिल्दैमा जनजाति, मधेसी, दलित र महिलाको समस्या समाधान नहुने बताउँदै थापाले भने-त्यतातिर फोकस गरेर समान हक अधिकार दियो भने असन्तोष हराएर जान्छ, अनि मात्र राष्ट्र अगाडि बढ्छ । यसलाई निवारण गर्न नसके स्थिति बिग्रिएर जान्छ ।’ त्यस्तैं उक्त कार्यक्रममा बोल्दैं थापाले थापाले सबै दल एक ठाउँमा आएर संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताए । संविधानसभामा सत्ता पक्ष र प्रतिपक्ष नहुने भन्दै उनले संविधानसभामा भएका दलहरुलाई जनताले दिएको मतलाई केही होइन भन्नुअघि आफ्नो हैसियत पुग्छ कि पुग्दैन भनी बुझ्न आग्रह गरे ।
प्रतिक्रिया