प्यूठान,५ चैत । उत्तरी प्यूठानको १० गाविसहरुलाई समेटि तयार गर्न लागिएको ओखरकोट बिश्वकोष परियोजनाको आज उद्घाटन भएको छ । उत्तरी प्यूठानका ओखरकोट,बादिकोट,नारिकोट,तुषारा,पुँजा,बाड्गेमरोड,लिवाड्, अर्खा,रजवार र खुड् गाविसको स्थानिय भाषा,संस्कृति, लोकभाका लगाएत एैतिहासिक तथा पुरात्वातिक बिषयहरुको अध्ययन गर्ने गरि कोषले एक महिना सम्म स्थानियको बस्तुगत बिषयको बारेमा अध्ययन गर्ने छ । समितिले एक महिना सम्म लगाएर प्रतिबेदन तयार गर्ने र त्यसलाई सम्पादन गरि यस क्षेत्रको बिकासका लागि केन्द्र तथा दातृ निकायसंग छलफल हुने समिति अध्यक्ष तथा सभासद् दुर्गा पौड्ेलले बताउनु भयो ।
यस क्षेत्रको सामाजिक,संस्कृति तथा पुरात्वातिक बिषयमा गर्न लागिएको अध्ययका लागि झण्डै ६० लाखको लागत लाग्ने समितिले जनाएको छ । जिल्ला बिकास समिति प्यूठानको २ लाख, नेपाल सरकार मन्त्रीपरिषद् निर्णयबाट १५ लाख ,पर्यटन विकास बोर्डबाट १ लाख तथा अन्य निकायको सहयोगमा यसक्षेत्रको बिषयमा अध्ययन सुरु गरिएको अध्यक्ष तथा सभासद् पौड्लले वताउनु भयो । स्थानियको बस्तुगत अबस्थाका बिषयमा ईतिहास बिद् प्रा.डा राजाराम सुबेदि, मानवशास्त्री मनबहादुर खत्रि, र लोक साहित्य विद् मनोहर लामिछानेले स्थानियसंग छलफल र प्रतिवेदन तयार गर्ने छन् । अर्को बर्ष तयार भएको प्रतिबेदनलाई विश्वकोषले विश्व स्तरमा सार्वजनि गर्ने र यस क्षेत्रको बिकासमा लागानि भित्राउने समितिको दावि रहेको छ । समितिले उत्तरी क्षेत्रका अधिकासं स्थानिय संग स्थानिय रहन सहन र जिवनका बिषयमा छलफल गर्ने छन् ।
प्रतिक्रिया