काठमाडौं,५ चैत । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मा वैद्यले एसएलसीको पहिलो दिन अग्रेजी बिषयको परिक्षा दिनु भएको छ । नयाँ बसपार्कस्थित प्रेरणा महिला विद्यालयमा अध्यनरत ५८ वर्षीय बैद्यले ६ बर्षको अध्यनपछि एसएलसी दिनु भएको हो ।
उहाँले ५२ बर्षको उमेरमा विद्यालय भर्ना भएर औपचारिक शिक्षाको सुरुवात गर्नु भएको हो । विद्यालय जाने उमेर पुगेका तर लेखपढ गर्न नजान्ने महिलालाई पढाउन प्रेरणा महिला विद्यालय खोलिएको हो । विद्यालय भर्ना हुनुअघि बैद्य सामान्य लेखपढ जान्नुहुन्थ्यो । शुरुमा कक्षा १ मा भर्ना हुनुभएकी बैद्य सिकाइको स्तर बढ्दै गएपछि सोही बर्ष बिभिन्न तह पार गर्दै कक्षा ४ मा पुग्नुभएको थियो । बैद्यका तीनवटी छोरीले स्नातकोत्तर पढिरहेका छन । प्रेरणा महिला विद्यालयबाट यसपटक ३३ जनाले एसएलसी परीक्षा दिदैछन । उनीहरु सबैको परीक्षा केन्द्र सामाखुशीमा रहेको मनोहर उच्च माध्यमिक विद्यालयमा परेको छ । प्रेरणाजस्तै काठमाडौं तथा भक्तपुरमा रहेका अन्य महिला विद्यालयबाट पनि थुप्रै महिलाले यस वर्ष एसएलसी परीक्षा दिदैछन् ।
प्रतिक्रिया