नेपालद्धारा ओमानसमक्ष १ सय ५८ रनको लक्ष्य प्रस्तुत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ बैशाख २०७१, आईतवार १४:४९

काठमाडौं, २१  वैशाख । मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटको तेस्रो खेल विजयका लागि नेपाल संघर्षरत छ । ओमानविरुद्ध क्वालालम्पुरमा जारी खेल विजयका लागि नेपालले १ सय ५८ रनको सामान्य चुनौती दिएपछि नेपाल कसिलो बलिङको प्रयासमा छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर जम्मा १ सय ५७ रन बनायो । ४५ ओभरमै अलआउट भएको नेपालकालागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २६ रन बनाए भने नरेश बुढाऐरले २३ तथा सागर पुनले २० रनको योगदान दिए । कसिलो बलिङ गरेको ओमानका लागि अमिर कालीमले ३६ रन खर्चेर ४ विकेट लिए ।

जवाफमा मैदानमा उत्रिएको ओमानले ठोस सुरुवात गरे पनि अहिले भने लगातार विकेट गुमाएपछि खेल नेपालको पक्षमा जान थालेको छ । ताजा स्थितिमा ओमानले २९औं ओभरमा ७ विकेट गुमाएर १ सय ४ रन जोडेको छ । सोमपाल कामी र कप्तान पारस खड्काले समान दुई-दुई विकेट लिएपछि खेल नेपालको पक्षमा गएको हो ।cricket-ball-final10

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१