ट्याक्सी भाडा पनि मोवाइलमै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७१, बिहीबार १३:२२

पछिल्लो समयमा राजधानी तथा राजधानी बाहिर ट्याक्सी सञ्चालकहरुले अनियमित रुपमा धेरै भाडा उठाउने गरेको गुनासो सार्वजनिक भइरहेका छन् । यस्तै ट्राफिक प्रहरीले पनि त्यस्तालाई कारबाही गर्दै आएको छ । तर अवदेखि भने यात्रुहरु ट्याक्सी चढ्दा आफैंले जाने ठाउँ र लाग्ने भाडाको जानकारी मोवाइल एप्सबाटै पाउने भएका छन् । एप्लिकाली प्रालिले बजारमा ल्याएको ट्याक्सी फेयर्स नेपाल एप्समार्फत यात्रुहरुले आफ्नो स्मार्ट फोनमा यो एप्लिकेसन डाउनलोड गरेर ट्याक्सी चढ्दा लाग्ने खर्च तथा रुटसमेत थाहा पाउन सक्नेछन् ।

taxiयो एप्सबाट यात्रुले आफू ट्याक्सी चढेको स्थान र गन्तव्य दुवै टाइप गरेपछि बाटोको लम्बाइ र लागत थाहा पाउन सकिने व्यवस्था गरिएको कम्पनीका सिइओ निकोलस पाण्डेले बताउनुभयो । उहाँका अनुसार यदि कुनै ट्याक्सीले ठग्न खोजे यो एप्सबाटै ट्राफिक प्रहरीलाई एसएमएसमार्फत उजुरी गर्न सकिने व्यवस्था मिलाइएको छ । अझ यसमा नयाँ सुविधा त के छ भने मोवाइलमा कुनै पनि डाटा कनेक्सन नभएको अवस्थामा समेत यो एप चल्छ । यसले यात्रुलाई थप सहज हुने पाण्डेले बताउनुभयो । यस्तै कम्पनीले नेप्से एप्स, प्यानिक एसएमएस र कालिका एफएमएप बजारमा ल्याएको छ ।
आइफोनमा चल्ने एप्स छिट्टै आउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१