बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७१, बिहीबार ११:३२

एजेन्सी । इङलिस टोली म्यानचेस्टर सिटीलाई पराजित गर्दै स्प्यानिश क्लव बार्सिलोना च्याम्पियन्स लिग फुटवलको क्वाटरफाइनल प्रवेश गरेको छ । त्यस्तै, इटालियन क्लव युभेन्ट्स पनि क्वाटरफाइनल पुगेको छ । बार्साले घरेलु मैदानमा गएराति दोस्रो लेगमा सिटीलाई १–० ले हराएपछि समग्रमा ३–१ को जितसहित अन्तिम आठमा स्थान बनाएको हो । लियोनल मेसीको पासमा इभान राकिटिकले पहिलो हाफमा गरेको एक मात्र गोलले सिटीलाई च्याम्पियन्स लिगबाट बाहिर पठायो ।

hhhसर्जियो अग्युरोले पेनाल्टीमा गोल गर्न नसक्दा सिटी बराबरी गर्ने अवसरबाट समेत विमुख भयो । उता, इटालियन क्लव युभेन्ट्सले बोरुसिया डर्टमन्डलाई समग्रमा ५–१ को नतिजामा हराउँदै क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेगमा २–१ को अग्रता कायम गरेको युभेन्ट्सले दोस्रो लेगमा गएराति ३–० को जित निकाल्यो । उसको जितमा दुई गोल कार्लोस टेभेज र एक गोल अल्भारो मोराताले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१