एसिड प्रहारबाट घाइते सीमा र संगीताले दिए अस्पतालको बेडबाटै एसएलसी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७१, बिहीबार ११:१३

काठमाडौं, ५ चैत्र । विद्यालय शिक्षाको ‘फलामे ढोका’ मानिँदै आएको एसलसी परीक्षा केहि दिन अगाडी काठमाडौंमा अज्ञात समूहको एसिड प्रहारबाट घाइते भएकी सीमा बस्नेतले वीर अस्पताल र संगीता पुलामी मगरले काठमाडौं मेडिकल कलेजबाटै परीक्षा दिएका छन् । मगरले भने उनका सहयोगीको सहयोगमा परीक्षा दिएकी हुन् । उनीहरुलाई उपचाररत अस्पतालमै परीक्षा दिने व्यवस्था मिलाउन प्रधानमन्त्री सुशील कोइरालाले यसअघि नै निर्देशन दिएका थिए । यो वर्ष एसएलसी परीक्षमा नियमिततर्फ २ लाख १२ हजार ५ सय ४ जना छात्र र २ लाख १३ हजार ७ सय १० जना छात्रा गरी ४ लाख २६ हजार २ सय १४ जना सहभागी भएका छन् ।

simaएक्जाम्टेडतर्फ भने ५९ हजार २ सय ५३ जना छात्र र ८५ हजार ९ सय ३० जना छात्रा गरी १ लाख ४५ हजार १ सय ८३ जना सहभागी भएका छन् । प्राविधिकतर्फ २ हजार ३७ जना छात्र र १ हजार २ सय ५१ जना छात्रा गरी ३ हजार २ सय ८८ जना परीक्षामा सहभागी छन् ।
सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५ सय ८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी रहेका छन् । यो वर्ष परीक्षाका लागि देशभरमा गरी १ हजार ८ सय ६२ परीक्षा केन्द्र कायम गरिएको छ । जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा १ र १ ओटा कायम गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१