यसरी बञ्चित भए एसएलसी दिनबाट सोलुखुम्बुमा ६० विद्यार्थी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७१, बिहीबार १०:५६

काठमाडों,५ चैत । यस वर्ष सोलुखुम्बु जिल्लाका ६० जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट बञ्चित भएका छन्। परीक्षाका लागि फारम भरे पनि विद्यालयमा ७५ प्रतिशत हाजिरी नभएका कारण परीक्षा दिनबाट उनीहरु बञ्चित भएका जिल्ला शिक्षा अधिकारी वीरबहादुर खड्काले जानकारी दिएका छन्। हाजिरी नपुगेका कारण वर्षेनी थुप्रै विद्यार्थी एसएलसी परीक्षा दिनबाट बञ्चि हुँदै आएका छन्।

slcपर्यटकीय सिजन सुरू भएसँगै कक्षा १० मा पढ्ने कतिपय विद्यार्थी रोजगारका लागि खुम्बु क्षेत्र जाने गरेकाले उनीहरु विद्यालयमा धेरै गयल हुने गरेको जनता माध्यमीक विद्यालय लोखिमका शिक्षक मनु राईले बताएका छन्।
अध्ययनभन्दा रोजगारतर्फ उनीहरु आकर्षित हुँदा यो समस्या बढ्दै गएको उनले बताए। खुम्बु क्षेत्रमा ट्रेकिङ जाने आफूभन्दा ठूलाहरुबाट प्रभावित भएर माध्यमीक तहमा पुगेर विद्यालय छाड्ने विद्यार्थीको संख्या पनि बढ्ने गरेको शिक्षकहरु बताउँछन्। आजदेखि सुरु भएको एस एल सी परीक्षामा सोलुखुम्बु जिल्लामा रहेका १४ केन्द्रबाट २ हजार ६ सय ७९ जना परिक्षार्थी सहभागी हुँदैछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१