पहाडै खस्दा २५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको आशंका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ बैशाख २०७१, आईतवार १४:४३

काठमाडौं, २१ वैशाख  । अफगानिस्तानको उत्तर–पूर्वी बदख्शान प्रान्तमा पहिरोका क्रममा  गरिएको छ । ३ सय ५० जनाको त शव नै फेला परिसकेको छ । पहिरोमा २ हजारभन्दा बढी व्यक्ति पुरिएको आशंका छ ।

मूसलधारे पानी परेकै समयमा पहाडको एक भाग बारिक गाउँमा खस्दा सयौं घर जमीनमुनि दबिएर दुर्घटना भएकोप्रान्तका गभर्नरले जनाएका छन् ।

ताजखस्तान, चीन र पाकिस्तानको सीमासँग जोडिएको यो विपन्न गाउँ वर्षेनी भू–क्षय र हिमपहिरोमा परिरहन्छ । उद्धारको काम जोडतोडले भैरहेको जनाइएको छ । घटनामा एक हजार घर प्रभावित भएको छ । जसमा ३ सय ५० घर पहिरो आएकै समयमा जमीनमुनि गाडिएको छ । चार हजार व्यक्ति विस्थापित भैसकेका छन् ।

हिलोमा गाडिएकाहरुलाई जिउँदै उद्धार गर्न कठिनाइ भएको बताइएको छ । लगातार पानी परिरहेकाले अरु गाउँमा पनि पहिरो जानसक्ने आशंकाले बस्तीहरु खाली गराइँदै छ । बाँचेकाहरुका लागि सहायता सामग्री पु¥याउन थालिएको छ ।

केही दिनदेखि उत्तरी र पूर्वी अफगानिस्तानमा लगातार वर्षा भैरहेको छ । गएको हप्ता त्यहीँ लगातारको वर्षापछि आएको बाढीमा परी १ सय ५० जनाको मृत्यु भएको थियो । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१