५८ वर्षमा एसएलसी दिँदै छिन् मोहन वैद्यकी श्रीमती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७१, बिहीबार ०९:०७

sushma

 

 

 

 

 

काठमाडौं, ५ चैत । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यकी श्रीमती सुष्मा वैद्य बिहीबार सुरु हुने एसएलसी परीक्षामा सहभागी हुँदैछिन् । ५८ वर्षीया उनी विद्यालय भर्ना भएर पढ्न थालेको ६ वर्षमै एसएलसी परीक्षा दिन सक्षम भएकी हुन् ।

सुष्माले ५२ वर्षको उमेरमा नयाँ बसपार्कस्थित प्रेरणा महिला विद्यालयमा भर्ना भएर औपचारिक शिक्षाको सुरुवात गरेकी थिइन् । विद्यालय जाने उमेर पुगेका तर लेखपढ गर्न नजान्ने महिलालाई पढाउन यो विद्यालय खोलिएको हो । विद्यालय भर्ना गर्नुअघि सुष्मा सामान्य लेखपढ गर्नमात्र सक्थिन् । ‘प्रेरणा स्कुलमा भर्ना हुनुअघि अरु कुनै पनि विद्यालयमा भर्ना भएकी थिइनँ । नपढे पनि आफन्त र साथीभाइको संगतले पत्रिकाका अक्षर खुट्याउन सक्ने भएकी थिएँ,’ सुष्मा भन्छिन्,‘स्कुलमा नियमित पढ्न थालेपछि त मेहनत गरियो भने गर्न नसक्ने केही पनि रहेनछ भन्ने आत्मविश्वास जागेको छ ।’

उनी सुरुमा उक्त विद्यालयको कक्षा १ मा भर्ना भएकी थिइन् । त्यसपछि सिकाइको स्तर बढ्दै गएपछि सोही वर्ष विभिन्न तह पार गर्दै कक्षा ४ मा पुगिन् । १० कक्षासम्मको पढाइ पूरा गरेपछि सष्मा एसएलसी परीक्षामा सहभागी हुन लागेकी हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१