आउँदो शुक्रबार पृथ्वीमा दिउँसै रात पर्ने, यसकारण घटैछ यो अनौठो घटना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ चैत्र २०७१, बिहीबार ०५:१३

solar-eclipse-photography-safetyकाठमाडौँ,५ चैत्र  । मार्च २० तारिखका दिन अर्थात आउँदो शुक्रबार दिउँसै रात पर्ने भएको छ । सूर्यग्रहणको दिन पूर्ण चन्द्रग्रहणका कारण यस्तो अचम्मको खगोलीय घटना घट्न लागेको स्पेश डटकमले जनाएको छ । जसका कारण पूरै धर्ती अँध्यारोमा डुबे पछि सूर्य, पृथ्वी र चन्द्रमाको विशेष स्थितीका कारण पूर्ण सूर्यग्रहण लाग्न लागेको हो । जुन यो वर्षको पहिलो सूर्यग्रहण हुनेछ ।

स्पेश डटकमका अनुसार चार घण्टा सम्म चल्ने यस्तो खगोलीय घटना युरोप अटलान्टिक महासागर र अफ्रिकामा देखिनेछ । सूर्य, पृथ्वी र चन्द्रमाको रमाइलो भूमिका भएको घटनाक्रमका समयमा सूर्यलाई चन्द्रमाले पूरै ढाक्नेछ जसले धर्तीमा पूरै अँध्यारो छाउनेछ र यो स्थिती २ मिनेट ५० सेकेन्डसम्म रहनेछ । खगोलविद्हरुका अनुसार यो सूर्यग्रहण नेपाली सयम अनुसार चैत ६ गते दिउँसो १२ बजेर ५६ मिनेटमा सुरु हुनेछ भने ५ बजेर ५ मिनेटमा यो अन्त्य हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१