विना निश्कर्ष टुंगियो नेम्वाङले बोलाएको बैठक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार १७:१७

काठमाडौं,४ चैत । सभाध्यक्ष सुवास नेम्वाङले बोलाएको शीर्ष बैठक बुधबार निश्कर्षबिना नै टुंगिएको छ। सिंहदरबारस्थित सभाध्यक्ष नेम्वाङको कार्यलयमा बुधबार मुख्य दलका शीर्ष नेताहरुको दुई घन्टा लामो बैठक बसे पनि कुनै विषय वा प्रकियामा सहमति हुन सकेन। दलहरुबीचको वार्ता भाँडिएपछि सभाध्यक्ष नेम्वाङको पहलमा शीर्ष बैठक बसेको हो। बैठकमा सभामुख नेम्वाङले संविधानसभालाई लामो समयसम्म अन्योलमा राख्नन नहुने बताउँदै एउटा निश्कर्ष पुग्न दलहरुलाई आग्रह गरेका थिए। तर दलका नेताहरु आपसी दोषारोपण र पुरानै अडानमा अल्झिएका थिए। बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले छलफल राम्रो भए पनि कुरा केही नमिलेको बताए। सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री सुशील कोइराला केहीबेर बसेर बाहिरिएका थिए । बैठकमा एमालेका तर्फबाट उपाध्यक्ष बामदेव गौतमले नेतृत्व गरेका थिए । अध्यक्ष ओली अस्वस्थ्यताको कारण बैठकमा सहभागी भएनन् ।

namबैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक अग्नि खरेलले सहमति प्रयास जारी रहने भन्दै यसका लागि अझै केही समय विपक्षीलाई पर्खन तयार रहेको बताए । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पहलमा प्रमुख दलहरुको बैठक सिंहदरबारमा बसेको थियो । सत्तापक्ष र प्रतिपक्षी दलको पटक-पटकको वार्ताले सार्थक परिणाम दिन नसकेपछि नेम्वाङले सहमतिको प्रयास थालेका हुन् । बैठकमा विभिन्न दलका प्रमुख सचेतक र नेताहरु सहभागी थिए । एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोख्रेल र मधेसी मोर्चाको तर्फबाट फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी लगायतका नेताहरु पनि बैठकमा सभामुखले बोलाएको बैठकमा थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१