विश्वकप क्रिकेटको सेमिफाइनलमा दक्षिण अफ्रिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार १५:०१

साविकको उपविजेता श्रीलंकाविरुद्ध कीर्तिमानी जित हात पार्दै दक्षिण अफ्रिका विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वाटरफाइनलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले पराजित गर्‍यो । यो विश्वकपको नकआउट चरणमा कुनै पनि टीमले हात पारेको ठूलो जित हो । यसअघि २००७ मा पनि दक्षिण अफ्रिका सेमिफाइनलसम्म पुगेको थियो । अस्ट्रेलियाको सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले दिएको १३४ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले १८ ओभर खेल्दै एक विकेटको क्षतिमा भेट्टाएको हो ।

South Africa v Sri Lanka: Quarter Final - 2015 ICC Cricket World Cupअस्ट्रेलियाको सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले दिएको १३४ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले १८ ओभर खेल्दै एक विकेटको क्षतिमा भेट्टाएको हो । दक्षिण अफ्रिकालार्इ सेमिफाइलनमा पुर्याउने क्रममा बलिङ तर्फ जेपी डुमिनी र इमरान ताहिरले उत्कृष्ट प्रदर्शन गरे । डुमिनीले ह्याट्रिकसहित चार विकेट लिए । ताहिरले पनि समान चार विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको दक्षिणअफ्रिकाले एक विकेट गुमाउँदै जित निकालेको हो । उसका हसिम अम्ला १६ रनमा लासिथ मालिंकाको बलमा आउट भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१