दिल्लीमा गरिएको सम्झौता नै घातक : अध्यक्ष थापा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार १४:३५

झापा,४ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा अहिले देखिएको विवादको जड दिल्लीमा गरिएको १२ बुँदे सम्झौता भएको टिप्पणी गरेका छन् । झापाको विर्तामोडमा बुधबार पत्रकारहरुसँग अध्यक्ष थापाले ‘बाह्य शक्तिले संयोजन गरिदिएको अपबित्र गठबन्धनका कारण जनताले चाहे जस्तो परिवर्तन संस्थागत हुन नसकेको’ बताए । ‘अहिलेको मतभेद बैचारिक नभइ कसैले उचालेको स्वार्थमा चलेकाले त्यो स्वार्थ पूरा भएको दिन नाटकीय ढंगबाट सहमति बन्ने सम्भावना पनि रहेको’ उनको भनाइ थियो । त्यस्तै उनले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ठूला राजनीतिक दलहरुको दम्भका कारण संविधान अन्योल बनेको दावी गरे ।

kamalसत्तापक्षीय मोर्चाका नेताहरुले आगामी जेठ १५ गते संविधान जारी गर्ने बताइएको प्रसङ्गमा उनले त्यसप्रति पनि जनतामा विश्वास नरहेको उल्लेख गरे । उनले अगाडी भने “कुनै दलहरु आन्दोलन लिएर सडकमा छन्, यस्तो असहज स्थितिमा संबिधान आउने अवस्था निकै सङ्कटमा छ ।” संविधान लेखनमा देखिएको अवरोध हटाउन तीन विकल्प भएको चर्चा गदैं अध्यक्ष थापाले यसका लागि दलहरुमा साझा प्रतिबद्धता आउनुपर्ने बताए । एक प्रसङ्गमा नयाँ शक्ति निर्माणका लागि राप्रपा र राप्रपा नेपालबीच एकीकरणको अन्तिम तयारीमा पुगेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१