खोक्ने र आँखा नदेख्ने शिक्षकलाई निरीक्षकमा नराखिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार १२:४९

झापा,४ चैत । यही बिहीबारदेखि सुरु हुने प्रवेशिका परीक्षाका लागि जिल्ला शिक्षा कार्यालय झापाले खोक्ने र आँखा नदेख्ने शिक्षकलाई निरीक्षकमा नराख्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले भने,“परीक्षा सञ्चालन भइरहँदा विद्यार्थीलाई चिट चोराउन सघाउने शिक्षकको नियत अनुगमनमा जाँदा खोक्ने र विद्यार्थीले चिट चोरेको देख्तादेख्तै पनि देखेको नदेखेझैं गर्ने अन्धा शिक्षकलाई यस वर्षको एसएलसी परीक्षामा निरीक्षक राख्दैनाँ । ”

aaउनले झापालाई चिटमुक्त जिल्ला घोषणाका लागि गत वर्षदेखि नै प्रयास भइरहेको र यस वर्ष पनि त्यसलाई निरन्तरता दिँदै परीक्षाका लागि तोकिएका ५१ केन्द्रका केन्द्राध्यक्षलाई पनि निर्देशन दिइसकिएको बताए । अघिल्ला वर्षमा सञ्चालित परीक्षाभन्दा यसवर्षको परीक्षालाई फरक र नयाँ ढङ्गले मर्यादित बनाउँदै लाने परीक्षा समितिको निर्णय भएको जनाउँदै उनले परीक्षा कक्षभित्र परीक्षा समितिका पदाधिकारीको अनुमतिबिना पर्यवेक्षक र सुरक्षाका मानिसलाई पनि प्रवेश गर्न नदिइने बताए । झापामा यस वर्ष २१ अपाङ्गता भएका र तीन कैदीसहित १५ हजार ८२३ जनाले परीक्षा दिने बताइएको छ, जसमा नियमिततर्फ १२ हजार १९१ र पुनःपरीक्षातर्फ तीन हजार ६३२ जना छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ४१८ जनाले कम हो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१