उम्लिरहेको तातो तेलमा बाबाले प्राथना गरेपछि…..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार १२:२७

आगोमा बेस्सरी उम्लिरहेको तातो तेलमा एक भिक्षुले प्राथना गरेको खबरहरु सार्वजनिक भएका छन् । ती भिक्षुले उम्लिरहेको तातो तेलको भाँडामा बसेर प्राथना गरिरहेको दृश्य सार्वजनिक भएको हो । भकभक उम्लिरहेको तातो तेलमा पोलिएर छट्पटाउनुपर्ने बेलामा ती भिक्षु आनन्द बसेर प्राथना गरिरहेको दृश्य सार्वजनिक भएपछि स्थानीयहरु चकित परेका छन् ।

babयो घटना थाइल्याण्डको नोङ बुया लम्फुको हो । जहाँ भिक्षु तातो तेलको भाँडामा सहजै बसेर भगवानसंग प्राथना गर्दछन् । उम्लिरेहको तेलको भाँडामुनि आगो समेत बालिएको छ । स्थानीयले भिक्षु जादुगर भएकाले दैवी शक्तिले उम्लिएको तेलामा भगवानको प्राथना गरेको बताएका छन् । तर, वैज्ञानिकले त्यो कूरालाई विश्वास गरेका छैनन् । चुलाङक्रोन विश्वविद्यालयका वैज्ञानिक जेसाडा डेन्डुआङबोरिपान्टले तेल उम्लिएको नभई आगो मात्रै लगाइएको हुन सक्ने प्रतिक्रिया दिएका छन् ।
भाडामा लगाइएको आगोको तापलाई इन्सुलेट गरिएकाले तेल नतात्ने उनले बताएका छन् । तर, स्थानीयले भिक्षु उम्लिएको तेलमा बसेको दाबी गरेका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१