मोबाइल बिगार्ने ९ वटा एप्लिकेसन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ चैत्र २०७१, बुधबार १२:१२

तपाईले जुनै प्रकारको मोबाइल फोन प्रयोग गरे पनि विभिन्न प्रकारको एप्लिकेसन डाउनलोड गर्नु हुन्छ । तर सहजता र रमाइलोका लागी प्रयोग गरिने यी मोबाइल एप्लिकेसनका कारण छिटो मोबाइलको ब्याट्री सकिनुका साथै ब्याट्री पनि छिटो बिग्रन्छ । इन्टरनेट टेक्नोलोजी सम्बन्धी जानकारी दिने वेवसाइट म्यासेबलका अनुसार हाम्रो मोबाइलको ब्याट्री प्रमुख गरेर ९ वटा एप्लिकेसनका कारण बिग्रन्छ । मोबाइलको ब्याट्री छिटो सकाउने र बिगार्ने पहिलो एप्पिलकेसन क्यारेट हो । क्यारेट नामक यो एप्लिकेसनले मोबाइलमा एप्लिकेसन चलाउँदा कति ब्याट्री खर्च हुन्छ भन्ने बताउँछ । तर उ आफैंले सबैभन्दा धेरै ब्याट्री खर्च गर्छ र ब्याट्री पनि विगार्छ ।

mobile-appsहामी मध्ये धेरैले प्रयोग गर्ने फेसबुक मोबाइलको ब्याट्रीलाई छिटो हानी गर्ने दोश्रो एप्लिकेसन हो । अरु एप्लिकेसनसँग प्रयोग गर्दा आफैं रिफ्रेस हुने र भिडियो प्रयोग गरे जत्तिकै डाटा प्रयोग गर्ने हुनाले फेसबुकले धेरै ब्याट्री प्रयोग गर्छ ।
त्यस्तै गुगल म्याप र नक्सा हेर्न प्रयोग हुने यस्तै प्रकारका एप्लिकेसन ब्याट्री धेरै खर्च गर्नेमा तेस्रो नम्बरमा पर्छन् भने क्यामराको प्रयोग गर्ने एप्लिकेसन चौथो नम्बरमा पर्छन् । क्यामरा प्रयोग गर्ने एप्लिकेसनले फोटो खिचे कै दरमा ब्याट्रीको प्रयोग गर्छन् ।
पाँचौ नम्बरमा भने मौसम हेर्ने एप्लिकेसन रहेका छन् । ठाँउ र समय परिवर्तन भए लगत्तै रिफ्रेस हुने भएकाले यो एप्लिकेसनले धेरै ब्याट्रीको प्रयोग गर्छन् । छैटौं र सातौं नम्बरमा फेसबुकजस्तै सामाजिक सञ्जाल स्काइप र ट्वीटर छन् । फेसबुकजस्तै आर्फै रिफ्रेस हुने भएकाले यी मोबाइल एप्लिकेसनले धेरै ब्याट्री प्रयोग गर्छन् ।
त्यसपछि रेष्टुरेन्ट रहेको ठाउँ र त्यहाँ उठेको पैसा थाहा पाउन प्रयोग हुने स्काउर वालेट नामको एप्लिकेसनले विगतको समयमा कम ब्याट्रीको प्रयोग होस् भनेर केही सुधार ल्याए पनि गुगल म्यापले प्रयोग गर्ने जत्तिकै ब्याट्रीको प्रयोग गर्छ । यसले ब्याट्री बिगार्ने सम्भावना अझ धेरै छ ।
अन्त्यमा भने एङ्ग्री बर्ड रहेको छ । सित्तैमा खेल्न मिल्ने यो र योजस्तै अरु खेलमा विज्ञापन धेरै हुने भएकाले यी खेलले धेरै ब्याट्रीको प्रयोग गर्छन् ।
तर यदी केही सावधान रहेमा हामी यी एप्लिकेसनले गर्ने हानी कम गर्न सक्छौं । सुरुमा तँपाई कुन ठाँउमा हुनुहुन्छ भनेर पत्ता लगाउने एप्लिकेसनलाई बन्द गर्नु पर्छ । यो गरेमा मौसम बताउने र गुगल म्यापजस्ता एप्लिकेसन आफैं रिफ्रेस हुन पाउँदैनन् ।
योसँगै धेरै विज्ञापन प्रयोग गर्ने कुनै पनि एप्लिकेसन र पेज मोबाइलबाट प्रयोग नगर्दा राम्रो हुन्छ । नयाँ नयाँ विज्ञापन आइरहने भएकाले डाटा लोड गर्दा यसले धेरै ब्याट्री प्रयोग गर्छ ।
अर्को उपाय भने आफुलाई नचाहिएको बेला मोबाइलको नेट कनेक्सन बन्द गर्दा राम्रो हुन्छ । घरीघरी आउने नचाहिने नोटिफिकेसनलाई बन्द गर्न सके पनि मोबाइलको ब्याट्री बचाउन सकिन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१